विश्वकप छनोटमा पुगेको क्रिकेट टोलीलाई बागमती सरकारले जनही एक लाख दिने 


थाहा सन्देश
३ चैत्र २०७९, शुक्रबार १७:१८


हेटौंडा-विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान बनाउन सफल राष्ट्रिय क्रिकेट टिमका प्रत्येक खेलाडीलाई बागमती प्रदेश सरकारले जनही एक लाख रुपैयाँ दिने घोषणा गरेको छ ।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारको तर्फबाट शुक्रबार राष्ट्रका लागि खेल मार्फत योगदान दिने खेलाडिलाई जनही एक लाख रुपैयाँ दिने घोषणा गरेका हुन् ।

‘खेलाडीको सम्मान र हौसालाको लागि बागमती प्रदेश सरकारले राष्ट्रिय क्रिकेट टिमका प्रत्येक खेलाडीलाई जनही एक लाख दिने भएका छौं’, उनले भने । बागमती प्रदेशका खेलाडीहरु समेत सम्मिलित उक्त टिमलाई जितको लागि बधाई दिँदै मुख्यमन्त्री जम्कट्टेलले थप प्रगति र सफलताको लागि शुभकामना दिएका छन् । उनले उत्कृष्ट खेल प्रस्तुत गर्दै क्रिकेट खेलाडीले देशको शिर उच्च बनाएकाले प्रदेश सरकारले सम्मान स्वरुप खेलाडीलाई प्रोत्साहन गरिएको बताए ।

नेपालले बिहीबार घरेलु मैदान किर्तिपुरमा आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अन्तिम खेलमा यूएईलाई ९ रनले  पराजित गर्दै विश्वकपको ग्लोबल क्वालिफायरमा हराउँदै नेपाल विश्वकप छनोटमा स्थान बनाएको थियो ।

प्रतिक्रिया

थाहा सन्देश


सूचना विभाग दर्ता नंः ***/***-***
सम्पर्क : 057527299
thahanews@gmail.com

विज्ञापनका लागि सम्पर्क


+977-9855067589
राजन दाहाल
+977-9845614354
अमृत चिमरिया

टीम


प्रकाशक
राजन दाहाल - 9855067589
सम्पादक
सुशिला अधिकारी
प्रबन्ध निर्देशक
बिनाेद राय - 9855065789
कार्यालय व्यवस्थापक
रविना खड्का

Copyright © 2023 Thaha Sandesh. All Rights Reserved. Website by Abritti Media