बागमतीमा तामाङ र नेवारी भाषा सरकारी कामकाजमा ल्याउने तयारी


थाहा सन्देश
३ चैत्र २०७९, शुक्रबार १७:१०


हेटौंडा-बागमती प्रदेशभित्र सरकारी कामकाजको भाषा नेपालीसँगै तामाङ र नेवारी (नेपाल भाषा) कार्यान्वयन गर्न एक महिनाभित्र ऐन निर्माण गरिने भएको छ ।

शुक्रबार मुख्यमन्त्री शालिकराम जम्कट्टेलको उपस्थितीमा काठमाण्डौंमा बसेको तामाङ/नेवारी(नेपाल भाषा) कार्यान्वय तयारी सम्बन्धि समितिको बैठकले उक्त निर्णय गरेको हो । अब छिट्टै ऐन निर्माण गरेर कार्यान्वयमा लगिने मुख्यमन्त्री जम्कट्टेलले बताए । ‘बहुसंख्यक तामाङ र नेवार समुदायको बसोबास रहेको बागमती प्रदेशमा आम नागरिकलाई सरकारी कामकाजमा थप सहजता होस् भनेर भाषा सम्बन्धि ऐन ल्याउन लागेका हौं’, उनले भने ।

एक महिनाभित्र ऐन निर्माण गरेर आउँदो नयाँ वर्ष (वैशाख महिना) भित्र संसदमा पेश गरिने समितिका अध्यक्ष तथा सामाजिक विकास मन्त्री कुमारी मोक्तानले बताइन् । एक महिनाअघि सामाजिक विकास मन्त्री मोक्तानको अध्यक्षतामा उक्त समिति बनेको थियो । समितमा श्रम रोजगार तथा यातायात मन्त्री एकलाल श्रेष्ठसँगै दुई विज्ञ सदस्य डा. गणेश योन्जन र ओमकार्यश्वर श्रेष्ठ सदस्य छन् । बागमती प्रदेशमा तामाङ र नेवार समुदयाको बाहुल्यता रहेको छ ।

प्रतिक्रिया

थाहा सन्देश


सूचना विभाग दर्ता नंः ***/***-***
सम्पर्क : 057527299
thahanews@gmail.com

विज्ञापनका लागि सम्पर्क


+977-9855067589
राजन दाहाल
+977-9845614354
अमृत चिमरिया

टीम


प्रकाशक
राजन दाहाल - 9855067589
सम्पादक
सुशिला अधिकारी
प्रबन्ध निर्देशक
बिनाेद राय - 9855065789
कार्यालय व्यवस्थापक
रविना खड्का

Copyright © 2023 Thaha Sandesh. All Rights Reserved. Website by Abritti Media