प्रदेश स्तरीय क्यान प्रदर्शनीमा रोवट र पब्जी प्रतियोगिता हुने


थाहा सन्देश
२ चैत्र २०७९, बिहीबार १७:१९


हेटौंडा–हेटौंडामा चैत्र २ गते बाट ६ गते सम्म सञ्चालन हुने बागमती प्रदेश स्तरीय ‘ आइकन सफ्ट क्यान इन्फोटेक २०२३ इन एशोसिएसन विथ एम बैंक’ प्रदर्शनीमा रोबट र चर्चित खेल ‘पब्जी’ प्रतियोगिता सञ्चालन हुने छ ।

युवाहरुले अध्याधिक रुचाएको मोवाइल खेलमा पर्ने पव्जी प्रतियोगिता हेटौंडामा पहिलो पटक औपचारीक रुपमा गर्न लागिएको आयोजकले जनाएको छ । आयोजकका अनुसार देश भरमा १० जिल्लामा रहेको बैज्ञानिकहरुले बनाएको रोवटको प्रतियोगिता सञ्चालन हुने छ ।

प्रतियोगितामा हेटौंडा, बुटवल, काठमाण्डौं, बिराटनगर, चितवन सहितका जिल्लाबाट सहभागि रहने छन् भने बागमती प्रदेश स्तरीय प्रदर्शनीमा १६ वटा टोलीको सहभागितामा ‘पव्जी’ प्रतियोगिता पनि हुने आयोजकले जनाएको छ ।

प्रदर्शनीमा मोवाईल सहित अन्य इलेक्ट्रोनिक्स प्रबिधीहरुको फ्रि– सर्भिस क्याप रहने बताइएको छ । प्रदर्शनीमा चैत्र ३ गते साइवर सुरक्षा सम्बन्धी सेमिनार, ४ गते कृषि उत्पादन तथा प्रवद्धनका लागि डिजिटिलाईजेसन र ५ गते नेटवर्किङ् र सिसिटिभि सम्बन्धी सेमिनार हुने पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

पार्टी प्यालेशमा आयोजना गरीने प्रदर्शनिमा ४० वटा स्टर रहेको छ । जस्मा ३२ वटा स्टल व्यवसायी रुपमा प्रयोग गरीने आयोजक समितिका संयोजक पुष्पराज पुडासैनीले वताए । ३० लाख रुपियाँ खर्च आकलन गरीएको प्रदर्शनीको ५० हजार दर्शकले अवलोकन गर्ने बताइएको छ ।

आयोजकका अनुसार प्रदर्शनि स्थल प्रवेशका लागि सर्बसाधारणलाई २५, बिद्याार्थीलाई १० रुपियाँ टिकट दर तोकिएको छ भने मोवाइलमा ‘सजिलो पे’ एम्प्स डाउण्लोड गरीए निःशुल्क प्रवेशको व्यवस्था रहेको छ । हेटौंडामा ७ बर्ष अघि भएको क्यान मेला पछि अहिले नयाँ प्रबिधीको बारेमा जानकारीका लागि प्रदर्शनी आयोजना गरिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया

थाहा सन्देश


सूचना विभाग दर्ता नंः ***/***-***
सम्पर्क : 057527299
thahanews@gmail.com

विज्ञापनका लागि सम्पर्क


+977-9855067589
राजन दाहाल
+977-9845614354
अमृत चिमरिया

टीम


प्रकाशक
राजन दाहाल - 9855067589
सम्पादक
सुशिला अधिकारी
प्रबन्ध निर्देशक
बिनाेद राय - 9855065789
कार्यालय व्यवस्थापक
रविना खड्का

Copyright © 2023 Thaha Sandesh. All Rights Reserved. Website by Abritti Media