प्रबिधीको प्रयोग गर्दै सुरु भयो हेटौंडामा क्यान प्रदर्शनी


थाहा सन्देश
२ चैत्र २०७९, बिहीबार १४:५४


हेटौंडा– हेटौंडामा पहिलो पटक प्रबिधिको प्रयोग गर्दै क्यान प्रदर्शनी सुरु भएको छ ।

हेटौंडा– ४ स्थित रोयल पार्टि प्यालेस सुरु भएको ‘आइकन सफ्ट क्यान इन्फोटेक २०२३ इन एशोसिएसन विथ एम बैंक’ प्रदर्शनीमा रिमोर्टको प्रयोगबाट दिप प्रज्जवलन गर्दै उद्घाटन गरीएको हो ।

धेरै जसो कार्यक्रममा सलाई, लाईटरको प्रयोगबाट हुने भएपनि क्यानले रिमोर्टबाट दियो जलाउँदै उद्घाटन गरेको हेटौंडामा पहिलो हो । रिमोर्टमा भएको स्बिच थिचेपछि दियो नजिकै रहेको रोवर्टले उत्पादन गरेको आयोबाट दियोमा रहेको बत्तीमा आगो सल्काइएको थियो ।

रिमोर्ट कार्यक्रमका प्रमुख अतिथी बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले थिचेकी थिइन् । कार्यक्रमको उद्घाटन गदै मन्त्री मोक्तानले पैसाको अभाबका कारण प्रबिधीको क्षेत्र वा अनुसन्धानात्मक काम गर्न सकिन भन्नेका लागि बागतमी प्रदेश सरकारले लगानी गर्ने बताइन् ।

अहिले पनि अनुसन्धानको क्षेत्रमा सरकारले लगानी गरीरहेको बताउँदै राम्रा कामका लागि सधै मन्त्रालयको ढोका खुल्ला रहेको उनको भनाई थियो । उनले चालु आर्थिक वर्षमा बिभिन्न ५ शिर्षकको क्षेत्रमा करोडौंको लगानी गरेर सरकारले अनुसन्धानको काम गरीरहेको बताइन् । उनले भनिन् ‘माछा, कृषि, मानब, अटोपाट् सहितको क्षेत्रमा अनुसन्धानका लागि सरकारले लगानी गरेको छ, गरेका काममा केहीको रिजल्ट आएको छ भने केहीको आउँन बाँकी छ ।’

उनले बागमती सरकारले ‘स्किल टेष्ट’ का लागि १५ करोड रुपियाँ छुट्याएको बताइन् । आफ्नै लगानीमा गर्न खोजेको राम्रा नसके सरकारले लगानी गर्ने जानकारी दिइन् ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले प्रबिधीसँग जोडिदै पालिकालाई स्मार्ट सिटीको रुपमा बिकास गर्न अध्ययन गरीरहेको बताइन् । उनले प्रबिधीले सकारातमक र नकारात्मक असर गरीरहेको भन्दै उचित ढंगबाट यसको प्रयोग आवश्यक रहेको बताइन् ।

कम्प्युटर एशोसिएसन महासंघ नेपाल मकवानपुरका अध्यक्ष शिबकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश सभाका सदस्य प्रेमबहादुर पुलामि ‘छिन्तु’, जिल्ला समन्वय समितिका प्रमुख ललितबहादुर घलान, बागतमी युवा पषिदका उपाध्यक्ष सन्तोष चौलागाई, मकवानपुर उद्योग बाणिज्य संघका उपाध्यक्ष प्रमोदसिंह रानाभाट, प्रदर्शनीको मुख्य प्रायोजक आइकन सफ्टका प्रबन्ध निर्देशक श्यामकल श्रेष्ठ लगाएतकाले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया

थाहा सन्देश


सूचना विभाग दर्ता नंः ***/***-***
सम्पर्क : 057527299
thahanews@gmail.com

विज्ञापनका लागि सम्पर्क


+977-9855067589
राजन दाहाल
+977-9845614354
अमृत चिमरिया

टीम


प्रकाशक
राजन दाहाल - 9855067589
सम्पादक
सुशिला अधिकारी
प्रबन्ध निर्देशक
बिनाेद राय - 9855065789
कार्यालय व्यवस्थापक
रविना खड्का

Copyright © 2023 Thaha Sandesh. All Rights Reserved. Website by Abritti Media