हेटौंडा– बिभिन्न रोगका बिषेशज्ञ चिकित्सक सहित हेटौंडा बचतले गरेको स्वास्थ्य शिविर हेटौंडा–७ मा सुरु भएको छ ।
हेटौंडा बचत तथा ऋण सहकारी सस्था लिमिटेडको आयोजनामा सरु भएको निःशुल्क शिविरको हेटौंडा उपमहानगरपालिकाका प्रमुख मिनाकुमारी लामाले उद्घाटन गरेकी हुन् । काठमाण्डौं मेडिकल कलेजका बिशेषज्ञ डाक्टर टोली सहितको शिविरको उद्घाटन गर्दै नगर प्रमुख लामाले सहकारीले सामाजिक क्षेत्रमा खेलेको भूमिका उत्कृष्ठ रहेको बताइन् ।
उनले आफ्ना शेयर सदस्य सहित अन्य जनतालाई स्वास्थ सुबिधा दिनका लागि सहकारीले आयोजना गरेको शिबिरबाट सेवाबाट बञ्चित रहेकाहरुले लाभ पाउँने बताईन् । नगरको स्वास्थ्य सेवालाई सुद्रिढ बनाउने काममा लागिरहेको उनले जानकारी दिइन् । उनले दिनभर चल्ने शिविरमा आएकाले सेवा नपाउँने अवस्था रहे जाँचको व्यवस्था उपमहानगरले मिलाउँने बताइन् ।
मेडिकल कलेजको ४० जनाको चिकित्सक सहितको टोलीले शिविरमा सेवा दिने सहकारीको व्यवस्थापक रामशरण गौतमले बताए । उनका अनुसार शिविरमा नाक, कान घाँटी, स्त्री रोग, जनरल फिजिसीएन सेवा, हाडजोर्नी तथा नसा रोग, आँखाको समस्या सहित भिडियो एक्सरे, इसिजी सहितको सेवा दिइने छ । शिविरमा सेवा लिन आएकालाई निःशुल्क औंषधिको व्यवस्था पनि सहकारीले गरेको उनले बताए ।
सहकारीका अध्यक्ष इन्द्रबहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा–७ का अध्यक्ष दामोदर गौतम, काठमाण्डौ मेडिकल कलेजका प्रशासकिय अधिकृत प्रेम सुवाल, सहकारीका उपाध्क्ष बिजय बहादुर बस्नेत, लायन्स क्लब अफ भक्तपुर शिद्धकालीका अध्यक्ष बिनोद सुबेदी लगाएतकाले मन्तव्य व्यक्त गरेका थिए । शिविर आज ५ बजे सम्म चल्ने शहकारीले जनाएको छ ।
प्रतिक्रिया