हेटौंडामा चैत्र ४ बाट अन्तरपालिका फुटवल


थाहा सन्देश
३० फाल्गुन २०७९, मंगलवार १५:५७


हेटौंडा-मकवानपुर जिल्लामा रहेका पालिकाहरु बिच सम्बन्ध जोड्ने उद्देश्य सहित हेटौंडामा आउँदो चैत्र ४ गतेबाट अन्तरपालिका जिल्ला स्तरीय फुटवल प्रतियोगिता हुने भएको छ ।

जिल्ला समन्वय समिति मकवानपुर प्रायोजन तथा जिल्ला खेलकुद विकास समितिको आयोजनामा हुने प्रतियोगितामा जिल्लामा रहेको १० वटै पालिकाको सहभागिता रहने छ । समितिले मंगलबार पालिकाहरुको टाइसिट सार्वजनिक गर्दै प्रतियोगिता सञ्चालनको बारे जानकारी गराएको हो ।

जिल्ला समन्वय समितिका प्रमुख ललित बहादुर घलानले चैत्र ४ देखि ११ गते सम्म प्रतियोगिता हेटौंडा–५ पिप्ले क्याम्पा मैदानमा हुने जानकारी दिए । टाइसिट अनुसार प्रतियोगितामा चैत्र ४ गते कैलाश र भिमफेदी, चैत्र ५ गते हेटौंडा र बकैया, राक्सिराङ र थाहानगर, चैत्र ६ गढि र इन्द्रसरोवर बिच प्रतिश्पर्धा गर्ने छन् ।

प्रतियोगितामा चैत्र ४ गतेको बिजेतसँग मनहरीले र चैत्र ५ गते हुने राक्सिराङ र थाहा बिचको बिजेतासँग बागमतीले खेल्ने छ । मनहरी र बागमतीले खेलतालिका अनुसार ‘बाइ’ पाएका छन् ।प्रतियोगितामा बिजेताले नगद २ लाख र उप बिजेताले नगद १ लाख रुपियाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउने छन् ।

प्रतियोगितामा खेल अवधि भरको उत्कृष्ठ खेलाडिले नगद १० हजार पुरस्कार राशी तोकिएको छ । प्रतियोगितामा सहभागि हुनका लागि ३० बर्ष मुनिको सम्बन्धी पालिकाको खेलाडि हुनुपर्ने र बिभागिय टोली वा ए डिभिजन खेलेका खेलाडिहरु समावेस गर्न नपाइने उल्लेख छ ।

प्रतिक्रिया

थाहा सन्देश


सूचना विभाग दर्ता नंः ***/***-***
सम्पर्क : 057527299
thahanews@gmail.com

विज्ञापनका लागि सम्पर्क


+977-9855067589
राजन दाहाल
+977-9845614354
अमृत चिमरिया

टीम


प्रकाशक
राजन दाहाल - 9855067589
सम्पादक
सुशिला अधिकारी
प्रबन्ध निर्देशक
बिनाेद राय - 9855065789
कार्यालय व्यवस्थापक
रविना खड्का

Copyright © 2023 Thaha Sandesh. All Rights Reserved. Website by Abritti Media