डेंगू नियन्त्रण गर्न उपमहानगरको स्प्रे अभियान


थाहा सन्देश
२८ फाल्गुन २०७९, आईतवार १८:४९


हेटौंडा– गर्मिको सुरुवातसँगै हेटौंडामा लामखुट्टेको टोकाईबाटहुने डेंगू रोगको संक्रमण बढ्न नदिनका लागि हेटौंडा उपमहानगरपालिकाले ‘स्प्रे’ अभियान सञ्चालन गरेको छ ।

गत बर्षको बैशाख देखि असोजसम्म देखिएको डेंगूकोसंक्रमणले नगरमा फैलिएको त्रास रोक्न यस पटक वर्षा अघि देखिएको लामखुट्टे नियन्त्रणगर्ने र बर्षा पछि फेरी ‘स्प्रे’ अभियान सञ्चालन गरेर डेंगू नियन्त्रणगर्न सकिन्छ किभन्ने आधारमा अहिले बाटै अभियान सञ्चालन गरेको उपमहानगरको स्वास्थ्य शाखाका सिनियर अहेब अधिकृत अनन्त बास्कोटाले बताए ।

हेटौंडा–२ मनकामना चौकबाट सुरु गरीएको स्प्रे, चौकिटोलओरालो, बजारको मुख्य क्षेत्र मेनरोड, फरेष्टी गेट, रजत जयन्ती चौक बाट पारिजातपथर राप्तीरोडको चाइना क्वाटरसम्म पुगेको हेटौंडा उपमहानगरपालिका कार्यालयले जनाएको छ । डेंगू स्प्रेका लागि उपमहानगरले बाहिरी भागमा रहेका लामखुट्टे मार्न ५ वटा ‘स्प्रेगर्न’ मेसिन र किटनाशक औषधिकोे प्रयोग गरीएको छ ।

उपमहानगरले महामारी नियन्त्रण शाखाबाट ल्याएको लामखुट्टे मार्नकालागि प्रयोग हुने झोल औषधीको प्रयोग गरेर अभियान सञ्चालन गरीरहेको शाखालेजनाएको छ । शाखाका अनुसार अहिले लामखुट्टे नियन्त्रणका लागि प्रयोग भैरहेकोऔंषधिले मानब स्वास्थ्यमा नकारात्मक असर नहुने बताईएको छ । लामखुट्टे देखिएसँगैअहिले केही संख्यामा डेंगूको संक्रमण देखिन थालेको उपमहानगरको स्वास्थ्यशाखाले जनाएको छ ।

अघिल्ला बर्षको झै नगरवासीमा त्रास नहोस भन्नका लागि लामखुट्टेको नियन्त्रण थालिएको उपमहानगरका प्रमुख मीनाकुमारी लामाले बताइन् । ‘ हामिले अधिल्लो बर्ष देखेका थियौं एक घरमा संक्रमण भयो भने छर छिमेक सबै त्रासले सहयोगका लागि पनि नजाने अवस्था, त्यस्तो अवस्था नआवस भन्नका लागि सजगता अपनाईएको छ । ’ उनले भनिन्, अब सबै सचेत रहेर डेंगूबाट जोगिन आवस्यक छ सचेतना अपनाऔं । सुरुवाती चरणबाटै सचेत भए रोगबाट जोगिन सकिने उनले बताइन् ।

प्रतिक्रिया

थाहा सन्देश


सूचना विभाग दर्ता नंः ***/***-***
सम्पर्क : 057527299
thahanews@gmail.com

विज्ञापनका लागि सम्पर्क


+977-9855067589
राजन दाहाल
+977-9845614354
अमृत चिमरिया

टीम


प्रकाशक
राजन दाहाल - 9855067589
सम्पादक
सुशिला अधिकारी
प्रबन्ध निर्देशक
बिनाेद राय - 9855065789
कार्यालय व्यवस्थापक
रविना खड्का

Copyright © 2023 Thaha Sandesh. All Rights Reserved. Website by Abritti Media