बसन्तको नेतृत्वमा राष्ट्रिय कर्मचारी संगठन निजामती


थाहा सन्देश
२७ फाल्गुन २०७९, शनिबार १९:२७


हेटौंडा– नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती मकवानपुरको अध्यक्षमा बसन्तकुमार सिटौंला निर्वाचित भएका छन् ।

सनिवार हेटौंडामा भएको संगठनको ५ औं जिल्ला अधिवेशनले सिटौंलाको नेतृत्वमा २१ सदस्य नयाँ कमिटि सर्वसम्मत गठन गरेको हो ।

संगठनको पुरुष उपाध्यक्षमा गणेश भूजेल, महिला उपाध्यक्षमा शान्ति खनाल, सचिबमा गोपाल लम्साल र कोषाध्यक्षमा मिरा अधिकारी सर्बसम्मत चयन भएको हो ।

संगठनका अध्यक्ष राजु अर्यालको अध्यक्षतामा भएको अधिवेशनमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकटेलको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा नेकपा माओवादीका जिल्ला संयोजक सर्केश घलान, निती तथा योजना आयोग बागमती प्रदेशका सदस्य प्रल्हद लामिछाने, संगठनका केन्द्रीय अध्यक्ष हरीबहादुर रावल, हेटौंडा अस्पतालका मेडिकल सुपरीटेण्डेन डाक्टर रामचन्द्र सापकोटा लगाएतकाले शुभकामना मन्व्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया

थाहा सन्देश


सूचना विभाग दर्ता नंः ***/***-***
सम्पर्क : 057527299
thahanews@gmail.com

विज्ञापनका लागि सम्पर्क


+977-9855067589
राजन दाहाल
+977-9845614354
अमृत चिमरिया

टीम


प्रकाशक
राजन दाहाल - 9855067589
सम्पादक
सुशिला अधिकारी
प्रबन्ध निर्देशक
बिनाेद राय - 9855065789
कार्यालय व्यवस्थापक
रविना खड्का

Copyright © 2023 Thaha Sandesh. All Rights Reserved. Website by Abritti Media