केन्द्र र जिल्लाले फरक फरक नेतृत्व चुन्दा नेवि संघमा बिवाद


थाहा सन्देश
२१ फाल्गुन २०७९, आईतवार १२:०१


हेटौंडा–नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी (नेवि) संघ मकवानपुरमा विवाद भएको छ । संघको मकवानपुर जिल्ला अध्यक्षमा केन्द्र र जिल्ला पार्टिबाट फरक फरक व्यक्ति चयन भएसँगै विवाद सुरु भएको हो । केन्द्रीय समितिले मकवानपुरको अध्यक्षमा भिषण ठकुरी नियुक्त गरेको छ । संघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले ठकुरीलाई जिल्ला अध्यक्षमा मनोनित गरेका हुन् ।
मकवानपुरमा अध्यक्ष पद रिक्त भएको र ३२ वर्ष उमेर हद पनि आकर्षित भएकोले नेपाल विद्यार्थी संघको विधान २०२७ को सातौं संशोधन २०७५ बमोजिम तीन महिनाभित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने गरी जिम्मेवारी दिइएको पत्रमा उल्लेख छ । नेवि संघ मकवानपुर अध्यक्षको जिम्मेवारी पाएका ठुकरीले केन्द्रको निर्देशन बमोजिम काम गर्ने प्रतिबद्धता जनाए ।
‘तीन महिनाभित्र जिल्ला अधिवेशन सम्पन्न गर्नुपर्ने जिम्मेवारी रहेको छ’, उनले भने, ‘जिल्ला अधिवेशनका लागि गर्नुपर्ने तयारीलाई अघि बढाउँदै क्याम्पस तथा क्षेत्रीय अधिवेशनहरु सम्पन्न गर्नेछौं ।’ यसअघिका अध्यक्ष राजु खतिवडाको ३२ बर्षको उमेर हद तथा नेपाली कांग्रेस मकवानपुरको जिल्ला सदस्य पदमा निर्वाचित भएका कारण अध्यक्ष पद रिक्त भएको थियो ।
उमेर हल लागु भएपछि पार्टिको केही दिन अघि बसेको बैठकले कांग्रेसको वडा सभापति समेत रहेका विद्यार्थी नेता सुवास सापकोटालाई जिल्ला अध्यक्ष बनाएको थियो । बैठकले अध्यक्षसहित अन्य विभिन्न जिम्मेवारी तोकेपनि केन्द्रले ठकुरीलाई नियुक्त गरेसँगै नेवी संघ मकवानपुरमा बिवाद आएको हो । केन्द्रले जिल्ला अध्यक्षको जिम्मेवारी तोकेका ठकुरी मकवानपुरको भीमफेदी गाउँपालिकाका हुन् ।

प्रतिक्रिया

थाहा सन्देश


सूचना विभाग दर्ता नंः ***/***-***
सम्पर्क : 057527299
thahanews@gmail.com

विज्ञापनका लागि सम्पर्क


+977-9855067589
राजन दाहाल
+977-9845614354
अमृत चिमरिया

टीम


प्रकाशक
राजन दाहाल - 9855067589
सम्पादक
सुशिला अधिकारी
प्रबन्ध निर्देशक
बिनाेद राय - 9855065789
कार्यालय व्यवस्थापक
रविना खड्का

Copyright © 2023 Thaha Sandesh. All Rights Reserved. Website by Abritti Media