स्वास्थ्य सेवासुदृढ बनाउन तीनै तहको सरकारले ध्यान दिनुपर्छ: राष्ट्रपति भण्डारी


थाहा सन्देश
९ फाल्गुन २०७९, मंगलवार ०७:४९


हेटौंडा–राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य सेवा प्रवाहलाई सुदृढ बनाउन तीनै तहको सकारले ध्यान दिनुपर्ने बताएकी छिन् ।
आज हेटौंडामा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडाको स्वास्थ्य भवन उद्घाटन गर्दै उनले भनिन्, ‘बेला बखत महामारीको रुपमा आउने कोभीड, डेंगु जस्ता महामारीसँग जुध्न सार्वजनिक स्वास्थ्य सेवा प्रवाह सुदृढ बनाउनुपर्छ ।’
आधारभुत स्वास्थ्य सेवा नागरिकको मौलिक हक भएकाले गुणस्तीय स्वास्थ्य सेवा सबै नागरिकको पहुँचमा पु¥याउनुपर्नेमा भण्डारीले जोड दिइन् । स्वस्थ नागरिक उत्पादनको लागि विद्यार्थी तहदेखि नै बालवालिकालाई हेरचाह सहित पोशणयुक्त खाना खुवाउनुपर्ने उनले बताइन् । स्वास्थ्य सेवा र शिक्षाको लागि ठुलो मात्रामा विदेश पलायन भइरहेको पुँजिलाई रोक्न स्वदेशमै गुणस्तरीय स्वास्थ्य शिक्षा उपलब्ध गराउने कार्यमा यस प्रतिष्ठानले महत्वपूर्ण भूमिका खेल्ने राष्ट्रपति भण्डारीको अपेक्षा छ ।


कार्यक्रममा बोल्दै मुख्यमन्त्री तथा प्रतिष्ठानका कुलपति शालिकराम जम्कट्टेलेले प्रदेशका दुर्गम क्षेत्रहरुमा स्वास्थ्यकर्मी उपलब्ध गराउन प्रतिष्ठानले भूमिका खेल्नुपर्नेमा जोड दिए । ‘प्रदेश सरकारले प्रदेशभित्र राम्रो स्वास्थ्य शैक्षिक प्रतिष्ठान बनाउने उदेश्यले यो प्रतिष्ठान निर्माण गरेका हो’, उनले भने, ‘दुर दराजमा पनि स्वास्थ्य सेवा प्रवाह गुणस्तरीय बनाउन हामीले काम गरिरहेका छौं ।’
कार्यक्रममा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेल, बागमती प्रदेशका स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठ र हेटौंडा उपमहानगरपालिकाका मेयर मिना लामाले प्रतिष्ठानको काम र अपेक्षाबारे बोलेका थिए । प्रतिष्ठानका उपकुलपति प्रा.डा. विश्वराज जोशीले प्रदेशको स्वास्थ्य र शैक्षिक गन्तब्य हेटौंडालाई बनाउन प्रतिष्ठानले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
नयाँ भवन निर्माण गरेर प्रतिष्ठानले हेटौंडा अस्पतालालाई ५० बेडबाट १५० मा स्तरोन्ननी गरेको छ । संघीय सरकारको ३५ करोड सहयोगमा प्रतिष्ठानले ७० बेडको नयाँ भवन निर्माण गरेको हो ।

प्रतिक्रिया

थाहा सन्देश


सूचना विभाग दर्ता नंः ***/***-***
सम्पर्क : 057527299
thahanews@gmail.com

विज्ञापनका लागि सम्पर्क


+977-9855067589
राजन दाहाल
+977-9845614354
अमृत चिमरिया

टीम


प्रकाशक
राजन दाहाल - 9855067589
सम्पादक
सुशिला अधिकारी
प्रबन्ध निर्देशक
बिनाेद राय - 9855065789
कार्यालय व्यवस्थापक
रविना खड्का

Copyright © 2023 Thaha Sandesh. All Rights Reserved. Website by Abritti Media