
१) तपाई नगर प्रमुखमा निर्वाचित भएपछि के कस्ता अनुभव गर्नु भएको छ ?
उत्तर : नगर प्रमुखको जिम्मेवारीलाइ अवसरको रुपमा लिएको छु । निर्वाचित भएको कार्यकालमा हेटौंडाको बिकास र समृद्धिमा लाग्ने द्रिढ संकल्प रहेको छ । काम गर्नका लागि चुनौंती छ यसलाई अवसरको रुपमा वदल्दै अघि बढ्ने धेय रहेको छ । यो अवसर मेरा लागि निकै मत्वपुर्ण रहेको छ यो समयमा केही गर्ने अवसर मिलेको मैले बुझेको छु ।
२) हेटौंडा उपमहानगरपालिकाको समग्र विकासमा तपाईका योजना के रहेको छ ?
उत्तर : हेटौंडा उपमहानगरपालिका पहिला बागमती प्रदेशको राजधानी हो यसलाई कसरी बिकासको गतिमा लैजानु पर्छ भनेर हामि कार्ययोजनाका साथ अघि बढिरहेका छौं । पुर्वाधार बिकास सहित स्वास्थ्य र शिक्षाको बिकासलाई समानुपातिक ढंगबाट अघि बढाउनु पर्छ भन्ने धारणा रहेको छ । सामान्य तया हेटौंडाको बिकासका लागि ठुला र साना पुर्वाधार निर्माण सँगै बजारलाई ठुलो बनाएर डिजिटल शहरको रुपमा अघि बढाउने लक्ष्यका साथ काम गरीरहेका छौं ।
बिषेश गरी पुर्वाधारको बिकासमा नगरवासीको घरघरमा खानेपानी, बिजुली पु¥याउने उद्देश्य रहेको छ । स्वास्थ्य केन्द्रको निर्माण गरेर सेवा उपलव्ध गराउने र आधारभूत अस्पताल बनाएर बडामै सेवा दिने तयारीमा छौं । शिक्षाका क्षेत्रमा पुर्वाधारको निर्माणसँगै गुणस्तरीय शिक्षा दिनका लागि काम गरीरहेका छौं । शहरीकरणका लागि आवश्यक पुर्वाधार निर्माण गर्दै समसामहिक बिषयलाई आत्मसाथ गर्दै समानुपातीक बिकासलाई अगाडि बढाउने तर्फ हामि लागेका छौं ।
३) हेटौंडा उपमहानगरपालिकाको विकासका सम्भावना र चुनौंती के/के देख्नु भएको छ ?
उत्तर : बिकासको निकै सम्भावना छ । यो बागमती राजधानी पनि हो । राजधानी भएपछि मत्वकाक्षी योजनाहरु आउँछन् । प्रदेश राजधानीलाई यसै ठाउँमा व्यवस्थापन गर्नुपर्ने हुन्छ । त्यसले गर्दा यहाँ बिभिन्न किसिमका ठुला योजना बनाउँदै स्थान उपलव्ध गराउने र सहजिकरण गर्दै बिकास गर्नुपर्ने हुन्छ ।
हेटौंडा बिभिन्न ठुला राजमार्गको बिचमा पर्छ । साना र ठुला राजमार्गको बिचमा रहेकाले पनि चौतर्फि रुपमा यहाँ आउन सहज रहेकाले सबै हिसाबले विकासको सम्भाबना रहेको छ ।
अवसरका बिच चुनौंती भनेको पुर्व पश्चिम राजमार्गलाई २५ मिटर क्लियर गर्ने कुरा चुनौतीको रुपमा रहेको छ । राजमार्गले आफ्नो क्षेत्र ओगट्दा घेरै मानिस घर र जग्गा बिहिन हुने अवस्था छ त्यसको व्यवस्थापन चुनांैतीको रुपमा रहेको छ । राजधानीमा धेरै ठुला पुर्वाधार निर्माणका लागि पहाडि भूगोल भएकाले जमिन उपलव्ध गराउन सकिएको छैन । र पुर्वाधान निर्माणका लागि ठाउँको अभाब छ ।
४) संघीय, प्रदेश सरकार र स्थानीय तहसंग तपाईको के कस्तो सम्बन्ध र अपेक्षा रहेको छ ?
उत्तर : हामि समन्यव सहकार्य र सहभागितामा काम गदंै छौं तर पनि संविधानले व्यवस्था गरे अनुसार साझा, एकल अधिकार स्थानिय तहले अभ्यास गर्न पाउनु पर्छ भन्ने हो । साझा अधिकारमा छिटो भन्दा छिटो कानुन बनाएर अधिकार प्रत्यायोजन गर्न सके छिटो समग्र रुपमा विकास गर्न सकिने र नागरीकलाई सेवा दिन सकिन्थ्यो यस्ता कुरामा प्रदेश र संघले ध्यान दिन जरुरी छ ।
सायै प्रदेश र संघ हामि भन्दा ठुलो सरकार हो । साना साना कुराहरुमा ठुलो सरकारले स्थानिय तहको काम खोस्न मिल्दैन । जनताको घरमै पुगेर सेवा दिनुपर्ने स्थानिय तहलाई काम गर्नका लागि प्रदेर र संघबाट वाताबरण बनेको छैन । नगर वा वडामा भएका साना घटना वा छाडा छोडिएका चौपायको बिषयमा स्थानिय सरकारको ध्यान आक्रषण गर्दा प्रदेश र संघलाई छुदैन तैपनि स्थानिय तहको अधिकारालाई कार्यान्वयन गर्न नदिनु बिढम्बना हो । संघ र प्रदेशले बनाएको कानुन, निती र बजेटमा स्थानिय सरकारलाई शशर्त अनुदान नभनी निश्पक्ष रुपमा खुल्ला बजेट बिनियोजन भए आवश्यकता अनुसार काम गर्न सक्छौं र नागरीकलाई सुविधा दिन सक्छौं । संकुचित ढंगबाट संघ र प्रदेश आइरहेको यसको दायरा बनाउदै फराकिलो बन्दै बिकासको गतिलाई अगाडि बढाउनु पर्छ भन्ने हो ।
५) तपाई महिला नगर प्रमुख भएका कारणले कस्तो अनुभव गर्नु भएको छ ?
उत्तर : अहिले महिला भन्दा पनि म नगरको प्रमुख हो भन्ने महशुस गरेको छु । महिला भएका कारण मसँग हिनताबोध छैन, महिला वा पुरुष नगर प्रमुखले गर्ने काम कर्तव्य र अधिकार कानुनले तोकेको छ । हामि बिधी बनाएर अघि बढेका छौं, त्यस कारण म त्यसलाई ठुलो लिदिन । अझ पनि महिलाले नेतृत्व गरेको गाउँमा शुसासन, पारदर्शिता र भ्रष्टाचार हुँदैन भन्ने बुझाई रहेको छ त्यसलाई अवलम्बन गर्दै आम नागरीकका बिचमा मानिसको बुझाईलाई तथ्यपरस्त गर्न खोजिरहेको छु त्यसकारण सबैवाट सद्भाब सहित अगाडि बढिरहेको छु । यो चुनौंति भन्दा पनि अवसरको रुपमा सबैले लिएको र त्यहि अनुसार हेर्ने गरेको महशुस भएको छ ।
६) हेटौंडा उपमहानगरको स्थापना दिवस मनाउँने सोच कसरी उत्पन्न भयो ?
उत्तर : तत्कालिन हेटौंडा नगरपालिका २०३६ सालमा स्थापना भयो, यो हामि आफैमा गौरबको कुरा हो नगर पञ्चायत स्थापनाबाट बिकास हुदंै उपमहानगरपालिका सम्म आइपुग्दा निकै राजनितिक परिवर्तनहरु भए । यो अवस्था सम्म आइपुग्दा धेरै राजनितिक, समाजिक र आर्थिक परिवर्तन भैरहदा अहिले हेटौंडा बागमती प्रदेशको राजधानीको रुपमा रहेको छ । हामिले यसलाई गौरब मान्नु पर्छ, यो सस्थालाई व्यक्ती होइन सस्था हो यसलाई उच्च सम्मान राख्दै गौरब गेर्ने जरुरी छ । सस्था रहिरहे हामि रहन्छौं, सिस्टम, बिधी र राजनिती रहन्छ । यसैको नेतृत्वका लागि राजनिती रहन्छ सस्थाको नेतृत्वको लागि हामिले राजनिती गरेका छौं । त्यसैले सस्था बचाउनु पर्छ, सस्थाको इज्जत राख्नुपर्छ र सस्थालाई इज्जत गर्दै अहिले ५४ औं उत्सव मनाउन गैरहेका छौं । यो उत्सव हेटौंडाका लागि अविश्मरणीय रहँदै सधै निरन्तर हुने गरी अघि बढाउँछौं ।
७) हेटौंडा उपमहानगरको विकासका निम्ति जिल्लाका दल तथा सामाजिक संघ सस्थावाट के कस्तो सहयोग मिलेको छ ?
उत्तर : समग्र हेटौंडा बनाउने कुरा हो । व्यक्तीगत कुरा होइन त्यसकारण जनप्रतिनिधी र समुदायले पनि सचेत गराउँदै सुधार गरेर लैजानका लागि दिने टिप्पणीलाई सुझाबको रुपमा लिदै आफुलाई काम गर्ने वाताबरण बनेको महशुस गरेको छु । सुझाब र सल्लाह धेरै आएको छ सबैको ध्यान हेटौंडा बनाउँ भन्ने रहेकाले दल र हेटौंडावासीले सहयोग गरेको महशुस गरेको छु । यो हिसाबले हेटौंडा विकासको गतिमा अघि बढिरहेको मेरो बुझाई रहेको छ ।
अन्तमा केही छ की ?
हामिले हेटौंडाको इतिहास सम्झदै फागुन १ गते ५४ औं स्थापना दिवस मनाउँदै छौं । यो अवसरमा समग्र हेटौंडा वासीलाई शुभकाना र बधाई दिन चाहन्छु । इतिहास मेटाउँने होइन पछिल्लो पुस्तालाई हस्तान्तरण गर्दै जानु पर्छ भन्ने कुरामा हामि जानकार छौं, त्यही अनुसार हामिले सम्झाना गर्दै स्थापना दिवस मनाउँदै छौं । यो अवस्थामा मलाई पु¥याउनका लागि हेटौंडावासीले राखेको सोच र विचारलाई आत्मसाथ गर्दै हेटौंडालाई समृद्ध बनाउँने प्रहण गर्न चाहन्छु । धन्यवाद
उपमहानगरको ५४ औं स्थापना दिवसमा प्रकाशित पुस्तकबाट
प्रतिक्रिया