हेटौंडामा सुमागी परिवारले रवाफ देखाउँदै आएका छन् । उद्योग वाणिज्य संघको चुनाव देखि सामाजिक संस्थाहरुमा समेत सुमार्गीले आफ्नो धनको रवाफ देखाउँदै आएका छन् । एकचोटी व्यापारी अजेयराज सुमार्गीका भाई अरुणराज सुमार्गीले पत्रकारहरुलाई नै सिकाउन खोज्दा सबै पत्रकारले बहिस्कार गरे । हेटौैंडाबाट नै उठेर धनाढ्यको छवि बनाएका सुमार्गी अहिले गैरकानुनी रुपमा व्यापारमा संग्लन भएको प्रमाण भेटिँदासम्म रवाफ सहित हिँडिरेहका छन् ।
आईतबार राती गैरकानुनी रूपमा आर्जन गरेको धन लुकाउन सजिलो मानिने मुलुकमा नाममात्रका कम्पनी खडा गरेर गोप्य लगानी, कारोबार र शेयर खरीद-बिक्री गर्ने काममा नेपाली पनि संलग्न रहेको प्रमाण फेला परेको छ । आईसीआईजे सहित विश्वभरका १४० भन्दा बढी सञ्चारमाध्यमको सहकार्यमा ॅप्यान्डोरा पेपर्स’ नाम दिएर भएको खुलासा अनुसार, नेपालका दुई ठूला व्यापारिक घराना चौधरी ग्रुप र गोल्छा अर्गनाइजेसन सम्बद्ध व्यक्तिहरू समेत त्यस्तो कार्यमा संलग्न भएको भेटिएको हो ।
अनौपचारिक माध्यमबाट रकम विदेश पुर्याउने, त्यहाँ कम्पनी खडा गर्ने र ती कम्पनीबाट फेरि प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) भन्दै नेपालमा पैसा ल्याउने कार्यमा संलग्न अजेयराज सुमार्गीको अफशोर कारोबारका थप विवरण फेला परेका छन् । यसअघि उनको बारेमा खोपकेले आईसीआईजेसँगको सहकार्यमा २ माघ २०७५ मा शंकास्पद धनको ओसारपसार सम्बन्धी खुलासा गरेको थियो । नेपालको कानूनी व्यवस्था अनुसार विदेशमा गैरकानूनी रूपमा कम्पनी खोलेका सुमार्गीले त्यहाँको नीतिगत व्यवस्थाको समेत उल्लंघन गरेको विवरण फेला परेको छ । सुमार्गीको कम्पनीमा काम गर्दै व्यावसायिक साझेदार हुन पुगेका उनका एक आफन्त अर्जुन शर्माको पनि ट्याक्स हेभन मुलुकमा कम्पनी रहेको विवरण फेला परेको छ । अफसोर लगानीमा संलग्न सुमार्गीको रवाफ हेटौंडमा कहिलेकाहीँ देखिने गरेको छ ।
प्रतिक्रिया