मदन भण्डारी लोकमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा-१८, फुर्केचौर र बकैया-५ श्रीपुर सडकखण्डमा स्लाब ढलान गर्न सहमति भएको छ । सञ्चारमाध्यमहरुमा आएको समाचार र स्थानीयले पाएको सास्तीमा नेताहरुले गरेको पहलको कारण स्लाब हुने भएको हो । अब उक्त सडक निर्माणका लागि १० दिन भित्र इस्टिमेट तयार गरी दशैं लगत्तै टेण्डर गराई सडक स्लाब ढलान गर्न सहमति भएको बकैया गाउँपालिकाका खनालले जानकारी दिए । बिहिबार नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता तथा नेपाली कांग्रेस मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँ र बकैैया गाउँपालिकाका अध्यक्ष दामोदर खनालले मदान भण्डारी लोकमार्गका डिभिजन निर्देशक र योजना प्रमुखलाई भेट गरेर ध्यानाकर्षण पत्र बुझाई छलफल गरेका हुन् । अब १० दिन भित्र इस्टिमेट तयार गरी दशैं लगत्तै टेण्डर गराई सडक स्लाब ढलान गर्ने सहमति भएको छ ।
फुर्केचौर-श्रीपुर सडकखण्डमा काठमाडौं तराई फास्टट्रयाकको काम जारी रहेकोले सडक निर्माण हुन नसकेको १२ सय मिटर सडक स्लाब ढलान हुने भएको हो । फास्टट्र्याक सडक खण्डमा धरान-चतरा-हेटौंडा आयोजनाले सडक निर्माण नगरेका कारण फुर्केचौर-श्रीपुर सडकखण्डमा जोखिमपूणर् यात्रा गर्न सर्वसाधारण बाध्य छन् । उकालो सडकखण्ड भएकोले वर्षायाममा पानीले बाटो बिगारिदिँदा सवारी साधनहरु दुर्घटनामा पर्ने, मानिसहरु आवतजवात गर्न गाह्रो हुने, जोखिम हुने, सडकमा पहिरो जाने, माटो बगाउने, सडकमा खाल्डाखुल्डी हुने र पानी जम्ने जस्ता समस्या भएकोले सडक ढलानका लागि ध्यानाकर्षण पत्र बुझाइएको हो ।
मदन भण्डारी लोकमार्ग अन्तर्गत पुर्वी मकवानपुरको जनताको मुख्य समस्याको रुपमा रहेको फुर्केचौर-श्रीपुर सडकखण्डमा सडक स्लाब ढलानपछि जनताको यो समस्या हट्ने देखिएको छ । यो सन्दर्भमा गाउँपालिका अध्यक्ष खनाल र नेता बानियाँले लिएको कदम प्रशंसनीय रहेको छ ।
प्रतिक्रिया