विचौलियाको कारण किसानले पाएको भन्दा तेब्बर मुल्य तिर्दै उपभोक्ता


थाहा सन्देश
१८ आश्विन २०७८, सोमबार ०८:२२


हेटौंडाः चाडपर्व नजिकिएसँगै तरकारीको भाउ बढ्न थालेको छ । मकवानपुर जिल्लामा पनि तरकारीको मुल्य अत्याधिक वृद्धि भइरहेको छ । किसानहरुबाट सस्तोमा ल्याएको तरकारी उपभोक्ता सम्म आइपुग्दा तरकारीको मुल्यमा अत्याधिक फरक पाइएको छ । मकवानपुरको राक्सिराङ ४ का किसान हर्क राना मगरले प्रतिकेजी ६० रुपैयाँमा शनिबार बसपार्कमा व्यापारीलाई गोलभेँडा बेचको थिए तर आईतबार विहान हेटौंडा ४ को एक किराना पसलबाट मन्दिरा शर्माले प्रतिकेजी १ सय २० रुपैयाँमा खरिद गर्न पर्‍यो । किसानहरुले कम मुल्य पाउने, उपभोक्ताले बढि मुल्य तिर्न पर्ने र बिचौलियाले एकसय प्रतिशत भन्दा बढाउने यी घटना उदारहण मात्रै हुन् । हेटौंडा १३ बस्ने विमला सुवेदी भन्छिन्, ॅअहिले त कसैलाई मूल्यवृद्धिको चिन्ता नै छैन । दैनिक उपभोग्य वस्तु मात्र होइन अहिले हरेक वस्तुको भाउ धेरै नै बढेको छ।’ मूल्यको अनुगमन र विश्लेषण गर्ने छुट्टै निकाय बनाउनुपर्ने आवश्यकता भइसकेको उनकोे भनाइ छ।

अर्का उपभोक्ता हेटौंडा ११ का निराजन शिवाकोटी भन्छन्, भाउ त समय अनुसार घटिबेसि भई नै रहन्छन, यो स्वभाविक हो, उत्पादन गर्ने किसान ठगिनु भएन्, हामीले पनि धेरै मुल्य तिर्नु नपरोस’ उनले बताए । एउटा बलियो मूल्य नियमन गर्ने निकाय नभईकन अब मूल्यवृद्धिलाई रोक्ने भन्ने कुरा सम्भव छैन । धेरै वटा काम दिइएको निकायलाई उपभोक्ताको हित पनि हेर भनेर मात्र हुँदैन ।’ अहिले हेटौंडाको थोक बजारमा काउली प्रतिकेजी ७०, स्कुस प्रति केजी २५, आलु १३५० रुपैयाँ प्रतिबोरा, बन्दा ३० रुपैयाँ , हरियो धनियाँ ३०० रुपैयँ प्रतिकेजी, रहेको छ । त्यस्तैगरी थोक हुदै खुद्रा हुदै उपभोक्ता सम्म आइपुग्दा टमाटर १ सय २० केजी, काउली १ सय १०, बन्दा ५० र धनियाँ ५०० रुपैयाँ सम्म पर्ने गरेको पाइन्छ ।

मुल्य बढ्नु स्वभावकिः व्यवसायी

मकवानपुरमा तरकारी बेचबिखन गर्ने व्यवसायीहरु मुल्य बढ्नु स्वभाविक भएको बताउँछन् । मकवानपुर जिल्लामा तरकारीको मुल्यमा ठाउँ अनुसार फरक पर्ने फलफुल तथा तरकारी व्यवसाय संघ मकवानपुरका अध्यक्ष खड्क मोक्तानले बताए । थोक मुल्य सबै स्थानमा एउटै हुने तर खुद्रा मुल्य फरक पर्ने उनले बताए । टाढा टाढाबाट ल्याउनुपर्छ अनि ज्याला, ढुवानी खर्च हुन्छ अनि तरकारीको मुल्य एक-दुई स्थानमा फरक हुनु स्वभाविक हो’ उनले भने ।किसानलाई तरकारीको चिन्ता, व्यवसायीलाई भाडाको पीर, कसैलाई यता रोगको त्रास, उपभोक्ततालाई महँगीको मार परिरहेको हेटौंडा १० स्थित खुद्रा तरकारी व्यापारी दिपक खड्का बताउँछन् । उनी भन्छन्, भाउ बढेर आएपछि हामीले त्यसै अनुसार बेच्नैपर्‍यो । उपभोक्ताको सबैभन्दा नजिक बसेर काम गर्ने हामी नै हौँ। अनि भाउ बढ्नेबित्तिकै खुद्रा पसलेले भाउ बढायो’ भनेर हामीलाई नै कराउन आउँछन्, धेरैले कुरा बुझ्दैनन्। सबैभन्दा अप्ठ्यारो खुद्रा व्यापारमै पर्छ। उपभोक्ताले पनि हामीलाई नै गाली गर्छन् । अनुगमन पनि हाम्रै हुन्छ ।’ आयातकर्ता र उत्पादकको अनुगमन नहुने भन्दै उनले गुनासो गरे ।

अनुगमनको औपचारिकता पुरा गर्दै उपमहानगर

प्रभावकारी अनुगमन नगरेता पनि उपमहानगरले अनुगमनको औपचारिकता पुरा गरिरहेको छ । उत्पादन गर्ने किसानहरुबाट सस्तो मुल्यमा ल्याएर धेरै नाफा खाएर व्यवसायीहरुले बिक्रि गर्ने गरेको पाइएकोले हेटौंडा उपमहानगरपालिका वडा नम्बर-१० टिसिएनमा रहेको तरकारी बजारको अनुगमन गरिएको उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरपालिका, स्थानीय प्रशासन, घरेलु कार्यालय, उपभोक्ता हित संरक्षण मन्चका प्रतिनिधि सहितको टोलिले आइतबार बजार अनुगम गरेको थियो ।तरकारी खरिद गर्दा किसानलाई बिल नदिने, तरकारी खरिद गरेका उपभोक्तालाई पनि बिल नदिने, महंगो मुल्यमा तरकारी बिक्री गर्दा उपभोक्ता पनि ठगिने, किसान पनि ठगिने कार्य नगर्न टोलीले सुझाव दिएका छन् ।

प्रतिक्रिया

थाहा सन्देश


सूचना विभाग दर्ता नंः ***/***-***
सम्पर्क : 057527299
thahanews@gmail.com

विज्ञापनका लागि सम्पर्क


+977-9855067589
राजन दाहाल
+977-9845614354
अमृत चिमरिया

टीम


प्रकाशक
राजन दाहाल - 9855067589
सम्पादक
सुशिला अधिकारी
प्रबन्ध निर्देशक
बिनाेद राय - 9855065789
कार्यालय व्यवस्थापक
रविना खड्का

Copyright © 2023 Thaha Sandesh. All Rights Reserved. Website by Abritti Media