शान्ति सुरक्षाको दृष्टिकोणले हतियार (बन्दुक) अत्यन्तै संवेदनशील मानिँदै आएको छ । ईजाजत प्राप्त हतियार प्रशासनले गरेको सुरक्षा थ्रेटको आधारमा विभिन्न समयमा फिर्ता माग्ने गरेको छ । निर्वाचनको समयमा, विभिन्न संवेदनशील समयहरुमा प्रशासनले हतियार फिर्ता माग्ने गरेको छ । मकवानपुर जिल्लामा भएका हतियार कुन अवस्थामा रहेका छन्, कति कहाँ पुग्यो भन्ने मकवानपुरका स्थानीय तहहरुलाई कुनै चासो छैन । तर जिल्ला प्रशासन कार्यालय मकवाानपुरले हतियार सम्बन्धी अभिलेखमा आफ्नो औपचारिकता मात्रै पुरा गरिरहेको छ ।
मकवानपुर जिल्लामा इजाजत प्राप्त हातहतियारको संख्या ६३ रहेको छ । जिल्लामा १२ बोरको बन्दुक, २२ बोरको बन्दुक, हावादारी बन्दुक तथा अन्य बन्दुक गरी जम्मा ४ प्रकारको हातहतियारमा इजाजत प्राप्त रहेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । जिल्लाबाट ईजाजत प्राप्त बन्दुक सम्बन्धित मान्छेले बेचिएको, वा प्रयोग गरेको भने तथ्यांक रहेको छैन । मकवानपुरमा ईजाजत प्राप्त बन्दुक मध्ये सबैभन्दा धेरै १२ बोरको बन्दुक रहेको छ । मकवानपुर जिल्लामा १२ बोरको बन्दुक ३३ वटा इजाजत प्राप्त रहेको छ । त्यस्तै गरी २२ बोरको बन्दुक २३ वटा इजाजत प्राप्त रहेका छन् । जिल्लामा हावादारी बन्दुक एयरगन एउटा रहेको छ ।
जिल्ल्लामा अन्य बन्दुकहरु ३ वटा इजाजत प्राप्त रहेका छन् । मकवानपुर जिल्लामा ६ हजार ५ सय ४५ खरखजना रहेका छन् । हातहतियार तथा खरखजाना ऐन २०१९ अनुसार, आफ्नो सुरक्षाको लागि जुनसुकै नेपाली नागरिकले पनि जिल्ला प्रशासन कार्यालयमार्फत इजाजत लिएर तोकिएको हतियार राख्न सक्छ । तर, त्यसका लागि उसले निश्चित मापदण्ड पूरा गर्नुपर्छ । पछिल्लो समय प्रशासन र प्रहरीले हतियारको चुस्त तथ्यांक नराख्दा सुरक्षा संवेदनशीलतालाई गम्भिर नलिएको बुझिन्छ ।
प्रतिक्रिया