सरकारी बजेटमा ख्याल ख्याल ?


थाहा सन्देश
१५ आश्विन २०७८, शुक्रबार ०८:०८


जनताले तिरेको करबाट सरकारको बजेट निर्माण हुन्छ । देशमा शान्ति सुरक्षा कायम गर्न, प्राकृतिक स्रोत साधनको सदुपयोग गर्न, पूर्वाधारको विकास गर्न, कृषि क्षेत्रको विकास गर्न, आर्थिक तथा सामाजिक कल्याण अभिवृद्धि गर्न, रोजगारको सिर्जना गर्न, क्षेत्रीय तथा प्रादेशिक सन्तुलन कायम गर्न, सरकारले विभिन्न शीर्षकमा खर्च गर्नुपर्ने हुन्छ । कुन क्षेत्रमा कसरी खर्च गर्ने भन्ने कुरा देश, काल, परिस्थिति र समयमा निर्भर गर्दछ । यतिखेरको समय विपद र महामारीको समय हो त्यसैले सरकार संवेदनशील बनेर खर्चका शीर्षक छनोट गर्नुपर्ने आजको आवश्यकता हो । तर हेटौंडा उपमहानगरपालिकाले फुटबल विकासको लागि भन्दै २५ लाख रुपैयाँ फुटबल सम्बन्धी गतिविधि गर्न प्रतिबन्ध लगाएको व्यक्ती सँग सम्झौता गरेको छ ।

उपमहानगरपाकिाले सम्झौता गरेका व्यक्ती हुन् नेपाली फुटबल ईतिहासमा सर्वाधिक विवादित र फिफाले प्रतिबन्ध गरेका गणेश थापा । राप्रपा नेता कमल थापाको भाई भएकै कारण एकपटक सांसदसम्म खान भ्याएका उनले उपमहानगरको सहयोग फुत्काउन सफल भएका थिए । अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष हुँदा पदको दुरुपयोेग तथा आर्थिक अनियमितताको आरोपमा दोषी ठहर्‍याउँदै विश्व फुटबल महासंघ (फिफा) ले प्रतिवन्ध लगाएको गणेश थापासँग हेटौंडा उपमहानगरपालिकाले फुटबलको विकासका लागि भन्दै २५ लाख रुपैयाँ दिने सम्झौता गरेको थियो ।

गणेश थापासम्वद्ध नेपाल स्पोर्टस अर्गनाइजेसनसँग मंगलबार हेटौंडा उपमहानगरपालिकाले कार्यक्रम सञ्चालनसम्बन्धी सम्झौता गरेपछि व्यापाक आलोचना भएर उपमहानगर पछि हटेको छ । सरकारी बजेटलाई उपमहानगरले ख्याल ख्याल गर्दा एउटा गम्भिर अनियमितताबाट जोगिएको छ । उपहानगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतले सरकारी बजेट चलाउँदा आफु जानकार नभएको भन्दै गरेको ख्याल ख्याल अन्य घटनाहरुमा दोहोरिनु हुँदैन । यसतर्फ सरकारी निकाय, नागरिक समाजले गम्भिरता पुर्वक सोच्नुपर्ने छ ।

प्रतिक्रिया

थाहा सन्देश


सूचना विभाग दर्ता नंः ***/***-***
सम्पर्क : 057527299
thahanews@gmail.com

विज्ञापनका लागि सम्पर्क


+977-9855067589
राजन दाहाल
+977-9845614354
अमृत चिमरिया

टीम


प्रकाशक
राजन दाहाल - 9855067589
सम्पादक
सुशिला अधिकारी
प्रबन्ध निर्देशक
बिनाेद राय - 9855065789
कार्यालय व्यवस्थापक
रविना खड्का

Copyright © 2023 Thaha Sandesh. All Rights Reserved. Website by Abritti Media