बागमतीमा अन्यौलताको असर


थाहा सन्देश
९ आश्विन २०७८, शनिबार ०६:३१


बागमती प्रदेश सरकारको स्थिरताको टुंगो नहुदा प्रदेशको भौतिक र सामाजिक बिकास अन्यौलमा परेको छ । अष्टलक्ष्मी शाक्य नेतृत्व सरकारले मन्त्री परिषद् बिस्तार गरिसकेको अवस्थामा समेत सरकारले गति लिन सकेको छैन । प्रदेश सरकारको औचित्यको प्रश्न उठिरहेको बेला प्रदेश सरकारको अन्यौलता सघियतामै सवाल उठ्न थालेको छ । अल्पमतमा परेकी बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले असोज २२ गतेभित्र विश्वासको मत लिइसक्नुपर्ने कानुनी अड्चन छ ।

बागमती प्रदेशका १३ जना प्रदेश सभा सदस्य नेकपा (एकीकृत समाजवादी) मा गएपछि सरकार अल्पमतमा परेको हो । बागमतीमा एमाले नेतृत्वको सरकार अल्पमतमा परेपछि विपक्षी गठबन्धन नेतृत्वको सरकार बन्ने पक्का भइसकेको छ । १ सय ९ सांसद रहेको बागमतीमा सरकार गठनका लागि ५५ जना चाहिन्छ ।प्रदेशका अन्य साना दलसँग मिलेर संयुक्त सरकार गठन गर्न एमालेले पहल गरिरहेको भए पनि सरकार गठनका लागि आवश्यक मत पुग्दैन ।प्रदेशमा गठबन्धन बाहिर विवेकशील साझाका ३, राप्रपा र नेमकिपाको २/२ र एक जना स्वतन्त्र सांसद छन् । यी सबै दलले अष्टलक्ष्मी​लाई साथ दिए पनि ५१ जना मात्र पुग्छ । जुन सरकार गठनका लागि अपर्याप्त हुन्छ । प्रदेश सरकार एक त ससदबाट भागिरहेको छ भने अर्को तर्फ सरकार आफ्नो सत्ता टिकाउने बाहेकको अन्य काममा खासै गति दिन सकेको छैन । यस्तै अन्यौलताको कारण प्रदेश राजनीतिक अस्थिरताको केन्द्र बनिरहेको छ

प्रतिक्रिया

थाहा सन्देश


सूचना विभाग दर्ता नंः ***/***-***
सम्पर्क : 057527299
thahanews@gmail.com

विज्ञापनका लागि सम्पर्क


+977-9855067589
राजन दाहाल
+977-9845614354
अमृत चिमरिया

टीम


प्रकाशक
राजन दाहाल - 9855067589
सम्पादक
सुशिला अधिकारी
प्रबन्ध निर्देशक
बिनाेद राय - 9855065789
कार्यालय व्यवस्थापक
रविना खड्का

Copyright © 2023 Thaha Sandesh. All Rights Reserved. Website by Abritti Media