
लामो समय पछि असोज १ गतेबाट मकवानपुर जिल्ला पुणर्रुपमा सञ्चालनमा आउने भएका छन् । कोरोनाको कारण अस्तव्यस्त भएका व्यवसायहरु विस्तारै चल्दैछन् । यस्तो बेलामा ठुला लगानीको व्यवसायहरु झन जोखिममा गए । यो विषयमा थाहा सन्देश दैनिककी संवाददाता जेनिशा घिमिरेले मकवानपुर घरजग्गा व्यवसायी संघका अध्यक्ष धुर्व घिमिरे सँग गरेको कुराकानीः
कोरोना कहर पछि तपाईहरुको व्यवसाय कसरी संचालन भइरहेको छ ?
घिमिरेः कोरोना पछि सबैको व्यवसाय धरापमा नै रहेको छ । हामीले जसोतसो व्यवसायहरु संचालन गरिरहेका छौं । हामीले राम्रो गर्ने कोशिस गरीरहेका छौं तर व्यवसाय त्यती राम्रो भएको छैन् ।
यो व्यवसायलाई सरकारको दृष्टिकोण कस्तो रहेको छ ?
घिमिरेः दृष्टिकोण भन्दा पनि व्यवसाय कसरी गर्ने भन्ने कुरा हो । राम्रो गर्नेलाई राम्रै दृष्टिकोणबले हेरिरहेको हुन्छ । नराम्रो गर्नेलाई नराम्रो दृष्टिकोणबाट हेरीरहेको हुन्छ ।
यो व्यवसायप्रति सर्वसाधारणले अलि फरक दृष्टिकोणले हेर्ने गरेको पाइन्छ, यसलाई कसरी परिवर्तन गरिरहनु भएको छ ?
घिमिरेः परिर्वतन हामीले गरिराखेका छौं । यो हाम्रो व्यवसाय चाहीँ सरकारलाई, स्थानीय तहलाई नितान्त आवश्यक पर्ने तथा सहयोग पुर्याउने किसिमको हो । हामीले विभिन्न ठाँउमा बाटोघाटो, खोलानालामा बाध बाध्ने काम गरिरहेका हून्छौं । सरकारलाई एकदमै सहज रुपमा टेवा पुर्याउने कार्य हाम्रो व्यवसाय हो । मानीसहरुले राम्रो न राम्रो टिप्पणी त गरी हाल्छन् । काम गर्दा राम्रो,नराम्रो भन्ने धेरै हुन्छन् ।
लगानीको दृष्टिकोणले यो व्यवसायमा कत्तिको चुनौती रहेको छ ?
घिमिरेः काम गर्दा चुनौती हुन्छ । यो धेरै लगानी लाग्ने व्यवसाय होे । हाम्रो काम, व्यवसाय नचल्दा , कोरोनाका कारण कारोबार ठप्प हुँदा किस्ता तिर्न गाह्रो हुन्छ । धेरै समस्या हुन्छ । यसमा चुनौती छ ।
यो व्यवसायले राज्यको राजश्व संकलनमा कत्तिको सहयोग गर्छ ?
घिमिरेः सबैभन्दा बढि राज्यले राज्श्व संकलन गर्ने व्यवसाय यहि नै हो । यो लकडाउनमा कारोबार ठप्प हुदा राज्य धान्यनै यहि व्यवसाय हो । सबै कार्यालय बन्द हुदा मालपोत, नापि कार्यालय खुल्ला थियो । हाम्रो यस व्यवसायमा आबद्ध सबै जनाले राम्रो तरिकाले समयमै कर तिर्नु भइरहेको छ । जसले गर्दा आन्तरीक राजश्व कार्यालयमा रकम जम्मा भई सरकारलाई सहज रुपमा चल्न मदत गरेको थियो ।
ठुलो लगानीको व्यवसाय गरिरहनुभएको छ, सामजिक उत्तरदायित्व कसरी पुरा गरिरहनु भएको छ ?
घिमिरेः कुनै पनि सामाजिक कार्यहरु गर्दा हामीलाई सम्झिनु भइरहेको छ । हरेक सामाजिक कार्य गर्दा सामाजिक क्षेत्रबाट हामीलाई सम्झनु हुन्छ । हामीले सकेको कार्य गरिरहेका हुन्छौं । कोभिडको बेलामा पनि हामीले राहत बाड्ने कार्य पनि गरेका थिर्यौं । हामीले विभिन्न ठाउँमा सरसहयोग गरेका थियांै । विरामीहरुलाई उपचार खर्च उपलब्ध गराएका थियौं । हेटौंडा अस्पतालमा हामीले ३८ लाख बराबरको अक्सिजन प्लान्ट पनि जडान गरेका थियौं । हामीले समाजिक कार्यमा आफ्नो उत्तरदायित्व सकेसम्मको पुरा गरिरहेका छौं र आगामी दिनमा पनि गर्नेछौं ।
यो व्यवसायलाई अझै व्यवसायिक बनाएर अगाडि बढाउने योजना के रहेको छ ?
घिमिरेः हामीले योजना बनाएर अघि बढिरहेका छौं, योजनाहरु थप पनि गरिरहेका छौं । हामीले सथानीय निकायसँग पनि छलफल गरिरहेका छौ । सर-सल्लाह गरिरहेका छौं । यसलाई निति नियम, कार्यविधि बनाएर अगाडि बढ्ने योजना रहेको छ । निश्चित मादण्डमा बसेर अगाडि बढ्ने योजना छ । उपमहानगरपालिकाले पनि सर-सहयोग गरिरहेको छ । निकट भविष्यमा राम्रो कार्य विधि बनाएर अघि बढ्ने हाम्रो योजना रहेको छ । राम्रो हुन्छ भन्ने आशामा हामी अगाडि बढेका छौं ।
प्रतिक्रिया