
लामो समय देखि शैक्षिक अन्यौलतालाइै चिर्दै आईतबारबाट मकवानपुर जिल्लाका अधिकांश स्थानीय तहमा सामुदायिक र निजी दुवै विद्यालयहरु सञ्चालनमा आएका छन् । कोरोनाको कारण लामो समयसम्म विद्यालय सञ्चालन नहुँदा वैकल्पिक माध्यमबाट पनि पढाई चलेता पनि प्रभावकारी नभएको गुनासो थियो । मुख्य चाडपर्वको मुखमा विद्यालय सञ्चालन गर्दा निजी विद्यालयहरुले शुल्क वृद्धि गरेको आरोप लागेको छ भने अर्को तर्फ असहजतामा पनि शैक्षिक गतिविधी सञ्चालन गरेको भन्दै निजी विद्यालयलाई अभिभावकले धन्यवाद पनि दिएका छन् । यसै सन्दर्भमा थाहा सन्देश दैनिककी संवाददाता जेनिशा घिमिरेले बालजागृती ईङलिस बोर्डिङका प्रिन्सिपल तथा प्याबसन मकवानपुरका अध्यक्ष विनोद सुवेदीसँग गरेको कुराकानी
अहिले मकवानपुरका निजी विद्यालयहरु कसरी सञ्चालन भइरहेका छन् ?
सुवेदीः शैक्षिक क्षेत्र खोल्ने कुरामा व्यापक छलफल भएपछि स्थानीय तहलाई भौतिक उपस्थितिमा पठनपाठन गराउन जिम्मा दिएसँगै मकवानपुरका विद्यालय सञ्चालनमा आएकोे छ । जनप्रतिनिधि, शिक्षक, विद्यालय व्यवस्थापन समिति र अभिभावकहरुको पहलमा विद्यालयलाई कार्यढाँचा पेश गर्न स्थानिय तहले आग्रह गरिएको थियो । विद्यालयले कार्यढाँचा पेश गरेसँगै भौतिक उपस्थितिमा आइतबारबाट पठनपठान सुरु भएको हो । सुरक्षा मापदण्ड पुणर् रुपमा अपनाईएको छ । पुर्वतयारी सबै रहेको छ । कक्षा संचालन तथा व्यवस्थापन कार्य विधि पनि बनाइएको छ । विद्यालय संचालन कार्यविधि २०७७को ढाचा अनुशार बैकल्पिक माध्यमको प्रयोग गरेर, कक्षाहरुलाई जोर विजोर संचालन गरेर, विभिन्न समयमा हेटौंडाका निजी विद्यालयहरु पनि संचालन भइरहेको अवस्था छ ।
विद्यार्थीहरुको उपस्थिती तथा विद्यार्थीको स्वास्थ्य अवस्था कस्तो रहेको छ ?
सुवेदीः विद्यार्थीहरु जाडिदै जाने अवस्था छ । पहिलो दिन विद्यार्थीहरुको उपस्थिती न्युन रहेको थियो । विद्यार्थीहरु क्रमश जोडिदै गएको अवस्था छ । आइतबार भन्दा धेरै विद्यार्थीहरु विद्यालय आउन थालिसकेका छन् । अब अभिभावकहरुले पनि सबै कक्षाहरु एकै चोटि संचालन गर्नु पर्ने भनेर सल्लाह दिनुभएको छ । अहिलेसम्म विद्यालयमा जति पनि विद्यार्थी प्रवेश गरेका छन् । उनिहरुको ज्वरो चेक गरेर, स्वास्थ्य सुरक्षाको मापदण्डको प्रयोग गरेर, साबुन पानिले हात धोएर, अनिवार्य रुपमा माक्स प्रयोग गरेर प्रवेश गरेका छन् । अहिले सम्म कुनै पनि विद्यार्थीका स्वास्थ्यमा समस्या देखिएको छैन् । केहि भइहालेमा त्यसका लाथि विद्यालयहरुले पुर्वतयारी समेत गरेर राखेको छ ।
विद्यार्थीहरुलाई हाल भौतिक दुरी कायम गरेर पढाउनु पर्दा के कस्तो समस्या भएको छ ?
सुवेदीः अहिलेसम्म कुनै पनि किसिमको समस्या विद्यालयबाट आएको छैन् । हामी त्यसमा सजग छौ, सचेत छौं । समस्या हुन नदिन अभिभावकहरुसँग हामीले छलफल पनि गरिरहेका छौं । अभिभावकहरुलाई पनि आचारसहिंता पालना गर्न अनुरोध गरेका छौं । हालसम्म कुनै पनि विद्यालयबाट समस्या परेको भन्ने रिर्पोट आइसकेको छैन् । मलाई जहाँसम्म लाग्छ सबैजना सचेत हुनुहून्छ । सजग हुनुहुन्छ । शैक्षिक स्तर विस्तार गर्न अनि समस्या आउन सक्ने कुरामा सबैजना चिन्तित छन् । समस्याहरुसँग जुधेर विद्यालयमा शिक्षक र विद्यार्थीहरु जोडिने कार्य भइरहेको छ ।
हेटौंडाका निजी विद्यालयले शुल्क वृद्धि समेत गरेको भन्ने गुनासो आइरहेको छ ? किन यस्तो भयो ?
सुवेदीः यो शुल्क वृद्धि गर्ने समय परिस्थिती ठिक होइन् । मलाई जहाँसम्म लाग्छ,हेटौंडा उपमहानगरपालिका भित्रका कुनै पनि निजी विद्यालयले हाल शुल्क वृद्धि गरेका छैनन् । हेटौंडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखामा पनि यो विषयमा कुने रिर्पोट आएको पाइँदैन् । हामीसँग सहकार्य गरिरहेका, हामीसँग समवन्यनमा रहेका कुनै पनि विद्यालयले शुल्क वृद्धि गर्नुभएको छैन् । उहाँहरुले शुल्क वृद्धि गरेका छैनौं भन्नु भएकोे छ । एक दुई विद्यालयले शुल्क वृद्धि गरेका होलान, अभिभावकहरुसँग सहकार्य सल्लाह लिएर वृद्धि गरेका होलान तर हामीलाई जानकारी भएको छैन् । यो कोरोनाकाको परिस्थितीमा शुल्क वृद्धि गर्ने उचित समय होइन् ।
सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड कसरी पुरा गर्नुभएको छ ? यसमा चुनौतीहरु केके छन् ?
सुवेदीः चुनौतीहरु त छन् । अवसरहरु पनि रहेका छन् । महामारी भनेको कुनै पनि व्यक्ति बिशेष आउँदैन् । यो प्राकृतिक कुरा हो । यसलाई पुणर् रुपमा सन्तुलन गर्न सक्ने अवस्था छैन् । सबै विद्यार्थीहरुलाई त्यसै छोड्न सक्ने अवस्था पनि छैन् । हेटौंडा उपमहानगरपालिकामा ४६ संस्थागत विद्यालय छन् । उपमहानगरभित्र भएका निजी विद्यालयले स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्दै विद्यालय सञ्चालन गरिएको छ । विद्यालयले नै विद्यार्थीलाई अनिवार्य मास्क, भौतिक दुरी कायम, हातमुख धुने र सेनिटाइजरको व्यवस्थापन गरी विद्यालय सञ्चालन सुरु गरिएको हो । स्थानीय तहको अनुगमन हुनेगरी विद्यालय सञ्चालन कार्यढाँचा निर्माणपछि मकवानपुरका विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन सुरु भएको हो । तर पनि अझै १८ बर्ष मुनिका बालकालिकालाई खोपको व्यवस्था भएको छैन् । यसमा धेरै चुनौती छ । अब हामीले व्यबस्थापन गर्ने पक्षमा चुनौती हुन सक्छ । अभिभावकको सुझाव, सहमती लिएर त्यसलाई क्रमशः व्यवस्थापन गर्न सक्छौं । हामीले कोभिडसँग सामाना गरेर आफ्नो जीवन अगाडि बढाउनु पर्ने समय आइसकेको छ । यसमा चुनौती छ अब हामी गम्भिर भएर लागि पर्नुपर्छ ।
कतिपय अभिभावकहरुले दशैं पछाडी विद्यालय खोलेको भए हुनि भनेर गुनासो गरिरहेका छन्, यसमा तपाईको भनाई के छ ?
सुवेदीः दशै पछाडी विद्यालय खोल्न पर्छ भन्ने अभिभावक न्युन हुनुहुन्छ । प्रायः अभिभावकहरुले विद्यालय सुचारु गर्नुपर्ने कुरामा नै जोड दिनुभएको छ । अब शैक्षिक क्षेत्रलाई पनि विस्तारै सहज तरिकाले अगाडि बढाउनुपर्छ । विद्यार्थीहरुको ध्यान केन्द्रित गर्न गाह्रो हुँदै गइसकेको छ । भौतिक उपस्थितीमा पढाई नहुँदा बालबालिकाहरु पढाईबाट टाढा हट्दै गहिरहेको अवस्था छ । अनलाइनमा सबै विद्यार्थी जोडिन पनि गाह्रो भएको थियो । अब अझै पनि हामीले शैक्षिक क्षेत्र अगाडि बढाउन ढिला गर्नुहुन्न भन्ने मलाई लाग्छ । भौतिक उपस्थितीमा पढाई नहुनाले विद्यार्थीहरुको ध्यान मोबाइलको मनोरन्जनात्मक कुराहरुमा बढि केन्द्रित भइराखेको छ र विद्यार्थीहरुको मानसिकता कमजोर भइराखेको अवस्था छ । विद्यालय बन्द हुँदा बालविवाहको घटना बढिरहेको छ । त्यसैले अब पढाई क्रमश अगाडि बढ्नुपर्छ भन्ने मेरो भनाई हो ।
अहिले स्थानीय सरकारसँग कसरी समवन्यन गरिराख्नुभएको छ ?
सुवेदीः स्थानीय तहको अनुगमन हुनेगरी विद्यालय सञ्चालन कार्यढाँचा निर्माणपछि मकवानपुरका विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन सुरु भएको हो । हामी प्रयत्क्ष रुपमा हेटौंडा उपमहानगरपालिका शिक्षा विकास महाशाखासँग जाडिएका छौ. । त्यसैगरी प्रशासन देखी शिक्षा सम्बन्धि सबै इकाईहरुसँग छलफल गरेर अगाडि बढिरहेका छौं । स्थानीय सरकारको निगरानीमा रहेर अगाडि बढेका हौं । हामीलाई स्थानीय सरकारले नै निर्देशन दिने हो । हामीले स्थानीय सरकारले बनाएको मापदण्ड पालना गरिरहेका छौ । हामी उपमहानगरले छलफलमा पनि उपस्थित भएका छौं । हामी अभिभावक संघको निर्देशन , जिल्ला शिक्षा समवन्यन इकाईको निर्देशन, नगर शिक्षा समितिको निर्देशन अनुसार अगाडि बढेका छौं ।
प्रतिक्रिया