‘व्यवसायीमा पहिले जस्तो उत्साह छैन’


थाहा सन्देश
२९ भाद्र २०७८, मंगलवार ०७:४२


लामो समय कोरोनाको कारण अस्तव्यस्त रहेको व्यापार, व्यवसायले विस्तारै लय समात्न खोजेको छ । कोरोना कहर देखाएर सरकारले गरेको लकडाउन र निषेधाज्ञाले व्यवसाय पछाडी धकेलिएको थियो । विस्तारै उठ्न थालेको व्यवसायमा फेरी हेटौंडा बजार क्षेत्रमा पर्ने मेनरोडका व्यवसायीहरु २५ मिटर सडक विस्तारको हल्लाले त्रसित भएका छन् । यस्तै कोरोना कै कारण रोकिएको मकवानपुर उद्योग वाणिज्य संघको चुनावी रौनक फेरी सुरु भएको छ । यसै विषयमा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल सँग थाहा सन्देशकी संवाददाता जेनिशा घिमिरेले गरेको कुराकानी :

लामो समय देखी कोरोना करहरमा रहेका व्यापार,व्यवसायहरु सामान्य अवस्थामा कसरी फर्कदैछन् ?

कटुवाल : व्यापार, व्यवसाय अहिले अप्ठयारो अवस्थामा छ । हाल बल्लबल्ल व्यापार,व्यवसाय खुलेको छ । अझै पनि कति व्यवसायहरु खुलेका छैनन् । विहान ६ देखी बेलुका ६ बजे सम्म खोल्न मात्र पाइरहेका छौं । अझै पनि सिटि मलहरु, सिनेमा हल, पार्टी प्यालेसहरु खूल्न सकेका छैनन् । अहिले जसोतसो आफ्नो पिर मर्का लुकाएर व्यापार व्यवसाय खुल्ला भएको छ । अहिले व्यापार, व्यवसाय खुलेर मात्र बस्ने अवस्था छ । सामान्य हुदै छ तर व्यापार व्यवसायहरु पुणर् रुपमा खुलेका छैनन् ।

व्यापार व्यवसायको हालको अवस्था कस्तो छ ?

कटुवाल : अहिलेको अवस्था एकदमै गाह्रो छ । बैङ्कहरुको किस्ता तिर्न गाह्रो भइरहेको छ । व्यापार राम्रोसँग भएकै छैन् । व्यवसायहरु पुणर् रुपमा खुलेका छैनन् । बैङ्कहरुले छुट दिँदैनन् । विभिन्न बस्तुहरुमा लाग्ने करहरु पनि छुट हुँदैनन् । स्थानीय सरकारबाट पनि केहि सम्बोधन तथा पहल भएको छैन् । खर्चहरु पनि यथावत रहेका छन् । आम्दानीको स्रोत पुणर् रुपमा बन्द नै छन् । आम्दानीको पाटो रोकिएर खर्चको पाटो बढिरहेको छ । हाल पनि कोरोनाको जोखिम रहेको छ । तर हामीले सुरक्षा सावधानी अपनाएर व्यापार व्यवसाय संचालन गरेका छौं ।

अहिले व्यवसायीहरुको मुख्य समस्या के हो ?

कटुवालः जिल्ला कोभिड-१९ व्यवस्थापन केन्द्र केहि सहजताका साथ निषेधाज्ञा अझै गरेको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार अहिले व्यवसायहरु १२ घण्टा खोल्न दिएको छ । हामीलाई संधैभरी यो बजार २ घण्टा खोल्ने ४ घण्टा भनेर समय तोकेकोले झन धेरै समस्या भइरहेको छ । पुणर् रुपमा आफनो समय अनुसार खोल्न पाइएको छैन् । प्रशासनले अब पुणर् रुपमा व्यवसाय खोल्न दिन पर्‍यो । अब हामी व्यवसाय गर्नेहरुलाई पुणर् रुपमा खोपको व्यवस्था गरिदिन पर्‍यो । व्यापार व्यवसाय गर्नेलाई पनि धेरै जोखिम रहेको छ । व्यवसाय गर्नेहरु कोहि पनि खोपबाट बन्चित हुनुभएन् । आफ्नो दुःख आफैले गर्ने भएपछि पुणर्रुपमा व्यापार व्यवसायहरु खोल्न दिनपर्छ । बजार पुणर् रुपमा नखोलिनु नै व्यवसायीहरुको प्रमुख समस्या हो । जसले गर्दा व्यापार व्यवस्थित ढङ्गले हुन सकेको छैन्

अलि फरक प्रसंग पनि कुरा गरौं, उद्योग वाणिज्य संघको चुनाव कहिले हुन्छ ? हाल चुनावी माहोल कस्तो छ ?

कटुवालः हामीले चुनावको लागि कात्तिक ७, ८ र ९ गते तोकेका छौं । अहिले चुनावी माहोल चलिरहेको छ । यो अघि नै चुनावी माहोल व्यापक रहेको थियो, तर कोरोना कहरले गर्दा चुनाव हुन सकेन् अब हामी कात्तिकमा चुनाव गर्दै छौं । यो चुनावलाई हामीले दशै अगाडि पनि गर्न सक्थ्यौं तर हामीले गरेनौ । किनभने चुनावले गर्दा व्यापार व्यवसायमा प्रभाव पर्न पनि जान्छ । कोरोना कहरको लामो समय पछि व्यवसायहरु संचालनमा आएका छन् चाडपर्वको अगाडि चुनाव गर्दा व्यापार व्यवसायमा असर पर्ने कुरा व्यवसायी साथीहरुले पनि गर्नु भएको छ । त्यही भएर हामीले कात्तिकमा चुनाव गर्न लागेका हौ । हामीले अब ऐन नियमहरु पनि बनाउनु पर्ने हुन्छ । सोहि कार्यलाई अगाडि बढाउन हामी अब बैठक पनि बस्छौं । बैठकमा सबैको जिम्मेवारी तोकेर कसले भोट हाल्न पाउने नपाउने छुटाउँछौं । त्यही अनुरुप हामी चुनावी प्रचार प्रसारमा अगाडि बढ्छौं ।

मेनरोडका व्यवसायीहरुमा २५ मिटरको आतंक छ नी, यसमा व्यवसायीहरुको धारणा के हो ?

कटुवालः सुरुवाती क्रममा हामीले घर धनीसँग कुरा गर्ने हो । घर धनीकै हकमा भन्नु पर्दा कहिले ३० मिटर भनेको छ , कहिले २५ मिटर भनेको छ । त्यो बिषयमा धेरै मानिसहरु आतंकित भइरहेका छन् । अब सकिन्छ वैकल्पिक मार्ग रोजौं, सकिँदैन् १६ मिटर दिन्छौ भनिरहेका छन् । सर्वमान्य निणर्य हुनपर्छ । यो विषयमा हामी छिटै छिनोफानौं गर्छौ । राज्यले पनि सबैलाई हुने किसिमको निणर्य गर्न पर्छ । कहिले घर भत्काउन नदिने, कहिले के गर्न नदिने आरोप हामीलाई लागिरहेको छ । त्यस्तो आरोपको प्रवाह नगरी अब अगाडि बढ्न पर्छ । अब हामी छिटो भन्दा छिटो सबैलाई मान्य हुने किसिमको निणर्य हुनपर्छ भन्ने पक्ष तर्फ रहेका छौं ।

२५ मिटरको विषयमा सरोकारवाला कोको सँग छलफल गर्नुभएको छ ?

हामीले यो विषयमा संघीय सांसद, प्रदेशका सांसदसँग, प्रदेशका पुर्व मुख्यमन्त्री लगायत विभिन्न सरोकारवाला निकायहरुसँग हामीले छलफल गरेका छौं । सडक विभाग, सडक डिभिजन कार्यालय तथा हेटौंडाका विभिन्न सरोकारवालाहरुसँग छलफल गरेका छौं । कत्तिले यो विषयमा छिटै निणर्य हुने पत्राचार पठाउनु भएको समेत छ । हामीले मात्र एउटा सम्बन्धित स्थानीय निकायसँग चाहि छलफल गरेका छैनौं । उहाँहरुले हामीलाई छलफलका लागि बोलाउनु भएको छैन् । हामी पनि गएका छैनौं । हामीले बारम्बार छलफल गरिहेका छौं । कहिले समात्नी कहिले छोड्नी गरेर भएन् अब त्यसलाई छिटो भन्दा छिटो निकासा दिन पर्छ ।

ठुला चाडपर्वहरु आउँदै छन्, मकवानपुरका व्यवसायीहरुमा कत्तिको उत्साह छ, उत्साहित छ कि छैनन् ?

कटुवालः कोरोना कहरको लामो समय पछि व्यापार व्यवसाय खुल्दा उत्साह त भइहाल्छ । अझै पनि कोरोनाको जाखिम रहेको नै छ । पहिले पहिले बर्षझै उतसाह त कमै हुन्छ , कोरोना कहर हट्न अझै कति समय लाग्छ थाहा छैन् । चाडपर्व नजिकिए सँगै व्यवसायीहरुलाई उच्च जोखिम रहन्छ । हामी पहिलेकै अवस्थामा त रहन सक्दैनौ तर पनि सुरक्षा सावधानी अपनाएर हामी चाडपर्वमा व्यवसाय संचालन गर्छौ । अन्य समय भन्दा चाडपर्वको समयमा बजारमा चहलपहल बढि हुन्छ । जसले गर्दा उत्साह त भइहाल्छ । तर कोरोना कारण दुःख डर पनि त्यतिकै रहन्छ । अहिलेको अवस्थामा व्यवसायीहरुका त्यति उत्साह रहँदैन् ।

प्रतिक्रिया

थाहा सन्देश


सूचना विभाग दर्ता नंः ***/***-***
सम्पर्क : 057527299
thahanews@gmail.com

विज्ञापनका लागि सम्पर्क


+977-9855067589
राजन दाहाल
+977-9845614354
अमृत चिमरिया

टीम


प्रकाशक
राजन दाहाल - 9855067589
सम्पादक
सुशिला अधिकारी
प्रबन्ध निर्देशक
बिनाेद राय - 9855065789
कार्यालय व्यवस्थापक
रविना खड्का

Copyright © 2023 Thaha Sandesh. All Rights Reserved. Website by Abritti Media