‘समाजवादीको प्रभाव छैन, एमाले अझै बलियो बनाउँछु ’


थाहा सन्देश
२८ भाद्र २०७८, सोमबार ०६:४४


बागमती प्रदेशको राजधानी हेटौंडा रहेको मकवानपुर जिल्ला नेपालको राजनीतिक परिवर्तनको महत्वपुणर् स्थानको रुपमा हेरिने गर्दछ । गणतन्त्र प्राप्तिको लागि भएको जनआन्दोलनमा नेपालको ठुला आन्दोलन मध्ये मकवानपुरको हेटौंडामा भएको आन्दोलन पनि एक ठुलो आन्दोलनको रुपमा लिईन्छ । मकवानपुरको राजनीतिमा सँगै साथमा चर्चित अनुहारहरु अब फरक फरक पार्टीमा देखिने भएको छ । नेकपा एमाले विभाजन भएर बनेको नेकपा(एकिकृत समाजवादी)ले जिल्ला समिति घोषणा गरिसकेको छ । यता नेकपा एमाले जेठ दूई मै फर्केका भन्दै साबिक जिल्ला उपाध्यक्ष बद्री लम्साल एमालेको जिल्ला अध्यक्ष बनेर काम सुरु गरिसकेका छन् । जिल्ला तत्कालिन एमाले अध्यक्ष मुनु सिग्देल नेकपा(एकिकृत समाजवादी) गईसकेपछि उपाध्यक्ष रहेका लम्साल एमालेको नेतृत्वमा रहेका छन् । यसै सन्दर्भमा थाहा सन्देशकी संवाददाता जेनिशा घिमिरेले लम्साल सँग गरेको कुराकानी :

तपाईँ नेकपा एमालेको अध्यक्ष कसरी बन्नुभयो,उपाध्यक्ष हुनुहुन्थ्यो ?

लम्साल : नेपाल कम्युनिष्ट पार्टी (एमाले) मकवानपुर पुरानै संरचना अर्थात २०७५ जेठ २ गतेको अवस्थामा फर्किएको हो । नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा(एकिकृत समावादी)मा नगएका नेताहरुको सर्त अनुसार १० बुँदे जिल्ला तहमा कार्यान्वयन भएको हो । हामीले २०७५ जेठ २ को केन्द्रिय कमिटिलाई आधार मानेर अघि बढेका हौं । अध्यक्ष अर्को पार्टिमा गएपछि उपाध्यक्ष स्वतः अध्यक्ष बन्न मिल्छ । हामीले कमिटिको बैठकको आयोजना गरेर विभिन्न निणर्य गरेर म अध्यक्ष भएको हो । अध्यक्ष हटेपछि उपाध्यक्ष स्वतः अध्यक्ष बन्न मिल्ने कुरा केन्द्रिय कमिटिले प्रष्ट गराएको थियो ।

एमाले पार्टी मकवानपुर जिल्लामा अब कसरी अगाडि बढ्छ ?

लम्साल : नेकपा एमाले आधारभुत तहसम्म पुगिरहन्छ । हामी अगाडि बढिरहेका छौं । बिचको समयमा केहि समस्या आएको मात्र हो । त्यसको प्रभाव अहिले खासै देखिदैन्, अहिले प्रभाव न्युन छ । अब अन्य पार्टिमा गएकाहरुलाई पनि पार्टिको मुल प्रवाहमा आउन अनुरोध हामीले गरिरहेका छौं, गरिरहन्छौं । जनप्रतिनिधिहरुले पनि संगठन विस्तार गर्ने कामहरु गरिरहनु भएकै छ । हामी अब जनताको विश्वास विस्तार गर्दै लाने आधारमा अघि बढ्नेछौं । जनसमुदायको विश्वासका साथ अब क्रमशः चलायमान् भएर हामीले अगाडि बढ्ने योजना बनाएका छौं ।

एमाले छोडेर गएका समाजवादी पार्टिका नेताहरुलाई कसरी समेट्न सक्नु हुन्छ ?

लम्साल : राजनितिमा अलि अलि विद्रोह त चलिरहन्छ तर मनमुटावले पार्टीमा विग्रह गर्नुहुँदैन। एमाले र समाजवादी पार्टीमा धेरै भ्रमहरु सिर्जना भएका छन् । पार्टि एकताबद्ध भए मात्र अघि बढ्न सक्छ । विभाजित पार्टीले जनताको प्रतिनिधित्व गर्न सक्दैन् । अगाडि बढ्न एकताबद्ध हुनु धेरै नै जरुरी छ । अहिले पार्टी विभाजन राजनितिक कुराले भन्दा पनि पार्टिको विधि विधान, नीतिगत कुराले भएको हो । स्थानीय जनसमुदायलाई पनि हामी अब एकिकृत गर्न हौसला दिन्छौं । पार्टिमा भ्रम सिर्जना भएको छ । अब यसलाई क्रमश : हटाएर समाजवादीलाई पार्टिको मुल प्रवाहमा ल्याउन सक्छौं ।

मकवानपुरमा अब एमालेको सांगठनिक गतिविधि कहिले सुरु हुन्छ ?

लम्साल : हाम्रो गतिविधि रोकिएका छैन् । हामिले हाम्रो गतिविधिहरु गरिरहेका छौं । जेठ २ लाई मध्यनजर गरेर हाम्रो केन्द्रिय निणर्य आइसकेको छ । हाम्रो कार्यक्रमहरु नियमित र सँधै भइरहन्छ । केन्द्रको निर्देशन हामे पार्टीको लागि राम्रो छ । हामीले विभिन्न बैठकहरु पनि गरिरहेका छौं । अब हामी छिटै अधिवेशनहरु गरेर योजनाबद्ध ढंङ्गले अगाडि बढ्छौं ।

मकवानपुरको स्थानीय तहमा एमाले जेठ २ मा कहिले फर्कन्छ ?

लम्साल : हाम्रो प्रदेश पार्टी कमिटीले असोज ३ गते तोकिसकेको छ । हामी स्थानीय तहहरुको बैठक बसेर असोज ३ भित्र निणर्य गरिसक्छौं । अब पार्टी विग्रह रुपले भन्दा पनि एकताबद्ध ढङ्गले अगाडि बढ्छ ।

आगामी चुनावमा एमाले कसरी अगाडि बढ्छ ?

लम्साल : हामी अब पार्टीको विभिन्न संगठनहरु निमाणर् गर्छौ । जनसमुदायको हितको कार्य गछौं । आगामी दिनहरुमा संगठनहरु कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्छौं । चुनाव आउन समय अझै छ , अब पार्टीलाई एकिकृत ढङ्गले अगाडि बढाउँदै जनसमुदायको समस्याहरु अगाडि लैजाँदै हामी चुनावी रणनितिमा अगाडि बढ्छौं ।

११ औ जिल्ला अधिवेशन आयोजक कमिटी निर्माण भएको छ , यो कमिटीले अब जिल्लामा कहिले अधिवेशन गर्ने तयारी छ ?

लम्साल : २०७५ जेठ २ अघिको एमाले मकवानपुरको अध्यक्ष मुनु सिग्देलले पार्टी विभाजनपछि नेकपा एकिकृत समाजवादीमा सनाखत गरेपछि पुरोनो संरचना अनुसार जिल्ला उपाध्यक्ष लम्सालको अध्यक्षतामा पहिलो चोटी बैठक बसेको हो । बैठकले ३ सय २९ सदस्यीय जिल्ला अधिवेशन आयोजक कमिटी समेत गठन गरेको हो । यो सँगै अब एमाले मकवानपुरको नेतृत्व मैले गर्दैछु । गोपाल श्रेष्ठ उपाध्यक्ष, सचिवमा एकालाल श्रेष्ठ, उपसचिवमा लालबहादुर थापासहितको ३ सय २९ सदस्य जिल्ला कमिटीले शनिबार नै सपथ ग्रहण गरिसकेका छन् । अब जिल्लामा एमालेलाई थप सशक्त र एकता सहित अगाडी बढाइने छ ।अब केन्द्रिय विधान अधिवेशन असोज १५ देखी १७ गतेसम्म हुँदैछ । अब विधानमा के उल्लेख भएर आउँछ सोहि अनुसार हामी अगाडि बढेर अधिवेशनहरु गर्छौं ।

जिल्लाको अन्य राजनितिक दलहरुसँग तपाईहरुको सहकार्य, समवन्यन कस्तो हुन्छ ?

लम्साल : हामीले लोकतन्त्रमा विश्वास गर्ने राजनितिक दलहरुसँग सहकार्य गरिरहेका छौं । पार्टिमा जे जस्तो भ्रम पैदा भएपनि पार्टि एकताबद्ध भएर अगाडि बढ्नु पर्छ । हामी अन्य पार्टिका राजनितिक दलहरुसँग रचनात्मक ढंगले प्रतिस्पर्धा पनि गर्र्छौ । प्रजातन्त्रलाई माया गर्ने विश्वास गर्ने दलहरु सँग सहि ढङ्गले अघि बढ्छौं ।

प्रतिक्रिया

थाहा सन्देश


सूचना विभाग दर्ता नंः ***/***-***
सम्पर्क : 057527299
thahanews@gmail.com

विज्ञापनका लागि सम्पर्क


+977-9855067589
राजन दाहाल
+977-9845614354
अमृत चिमरिया

टीम


प्रकाशक
राजन दाहाल - 9855067589
सम्पादक
सुशिला अधिकारी
प्रबन्ध निर्देशक
बिनाेद राय - 9855065789
कार्यालय व्यवस्थापक
रविना खड्का

Copyright © 2023 Thaha Sandesh. All Rights Reserved. Website by Abritti Media