विद्यालय खोल्दा उच्च जोखिम नै हुन्छ,तर खोल्न लगाईयो ’


थाहा सन्देश
१९ भाद्र २०७८, शनिबार ०७:२४


कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेको मकवानपुरका विद्यालयहरु आइतबारबाट खोल्न सकिने भएको छ । बिहीबार बसेको जिल्लास्तरीय कोभिड-१९ संकट व्यवस्थापन समितिको बैठकले स्थानीय तहले निगरानी गर्नेगरी विद्यालय र अभिभावकको सहमतिमा आइतबारबाट विद्यालय सञ्चालन गर्न सकिने निणर्य गरेको छ । बैठकमा विद्यालय सञ्चालन गर्ने विषयमा अध्ययन गर्न गठन भएको कार्यदलले प्रस्तुत गरेको प्रतिवेदनका आधारमा आइतबारबाट विद्यालय, शिक्षक, विद्यार्थी तथा अभिभावकहरुले स्वास्थ्य मापदण्ड पालना गरी विद्यालयको जिम्मेवारी रहनेगरी विद्यालय संचालन गर्न पाइने भएको हो । हेटौंडामा विद्यालय सञ्चालन गर्न अझै जोखिम कायम रहेकोे छ । यसै क्रममा शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख प्रेमराज खरेलसँग थाहा सन्देशकी सवांददाता जेनिशा घिमिरेले गरेको कुराकानीः

अहिले विद्यालय खोल्ने निणर्य किन भयो ?

खरेलः कोरोना महामारीका कारण लामो समयदेखि विद्यालयहरु बन्द रहेका छन् । मकवानपुरका विद्यालयहरु आइतबारबाट खोल्न सकिने भएको मात्र हो हामीले खोल्नै पर्छ भनेका छैनांै । हामी सिसिएमसीको निणर्य अनुसार अघि बढेको मात्र हो । हामीले विद्यालय नखोल्नेलाई कारबाही गर्छौ भनेका पनि छैनौं । अहिले पनि मकवानपुर जिल्ला कोरोना महामारीको उच्च जोखिमका नै रहेको अवस्था छ । हामीले अहिले कम जोखिम भएका क्षेत्रहरुमा विद्यालय संचालन गर्न सकिने निणर्य गरेका हौ । बिहिबार जिल्लास्तरीय कोभिड-१९ संकट व्यवस्थापन समितिको बैठक बसेको थियो । उक्त बैठकले स्थानीय तहले निगरानी गर्नेगरी विद्यालय र अभिभावकको सहमतिमा आइतबारबाट विद्यालय सञ्चालन गर्न सकिने निणर्य गरेको छ । कोरोना महामारीको कारण भएको बन्दले सबै भन्दा बढि शिक्षा क्षेत्र प्रभावित बनेको छ । कतिपय विद्यार्थीहरु आज सम्म पनि वैकल्पिक माध्यममा जोडिन सकेका छैनन् । कोरोनाको कहरमा अहिले प्राय जसो जनजिवन सामान्य रहेको छ । व्यापार, व्यवसायहरु पनि खुलेका छन् । एउटा शैक्षिक क्षेत्र मात्र अन्यौल अवस्थामा छ । अब यसलाई कसरी अगाडि बढाउने , कुन तरिकाले संचालन गर्ने भन्ने विषयका हामी लागि परेका छौं । हामीले सुरक्षाको मापदण्ड अपनाएर उच्च सर्तकता सहित विद्यालय खोल्न सकिने निणर्य गरेका हौ । खोल्नै पर्छ विद्यालय भनेका छैनौं ।

कोरोना जाखिम सकिएकै हो त ?

खरेलः विद्यालय सञ्चालन गर्ने विषयमा अध्ययन गर्न गठन भएको कार्यदलले प्रतिवेदन प्रस्तुत गरेको थियो । हामीले प्रतिवेदनको आधारमा आइतबारबाट विद्यालय, शिक्षक, विद्यार्थी तथा अभिभावकहरुले स्वास्थ्य मापदण्ड पालना गरी विद्यालयको जिम्मेवारी रहनेगरी विद्यालय संचालन गर्न सकिने निणर्य गरेका हौं । कोरोना सक्केको हामी भन्दैनौ, सक्केको पनि छैन् । कोरोना अति प्रभावित क्षेत्र भनेकै शिक्षा क्षेत्र हो । शैक्षिक क्षेत्रमा झन् कोरोनाको उच्च जोखिम रहेको छ । हेटौंडामा विद्यालय सञ्चालन गर्न अझै जोखिम कायम रहेको छ । जिल्लाका १० स्थानीय तहलाई कोरोना संक्रमण जोखिमका आधारमा ४ क्षेत्रमा विभाजन गरी विद्यालय सञ्चालनको विषयमा जानकारी गराइएको छ । कोरोनाको डर शिक्षक, विद्यार्थी कर्मचारी सबैलाई हुन्छ । कोरोना जोखिमलाई मध्यनजर गरेर हामी अगाडि बढ्छौं तर कोरोनाको जाखिम छैन् भन्न मिल्दैन् ।

विद्यालय खोल्ने विषयमा अभिभावक, विद्यार्थीहरुसँग कत्तिको छलफल गर्नुभयो ?

खरेलः हामीले शिक्षक संघ, अभिभावक संघका पदाधिकारीहरु सगँ छलफल गरेका छौं । उहाँहरुको निणर्य अनुसार नै हामी अगाडि बढिरहेको हो । हेटौंडा उपमहानगरपालिका हार्ड लकडाउनको क्षेत्रमा रहेको छ । थाहा नगरपालिका तथा मनहरी र मकवानपुरगढी गाउँपालिकामा मिक्स लकडाउन, बागमती, बकैया र भीमफेदी गाउँपालिकामा सफ्ट लकडाउन तथा इन्द्रसरोवर, राक्सिराङ र कैलाश गाउँपालिका मिनिमम लकडाउनको क्षेत्रमा रहेका छन् । हेटौंडामा अझैपनि भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्न नहुने पनि अभिभावकहरुले बताएका छन् । अब अभिभावक संघका पदाधिकारीहरुले हुन सक्ने स्थानमा भौतिक उपस्थितीमा गरौं होइन् भने अब वैकल्पिक विधिको माध्यमबाट नै अगाडि बढाइ राखौं पनि भन्नुभएको छ । हेटौंडाका भिडभाड कम भएका क्षेत्रहरुमा अभिभावक तथा विद्यालयको सहमतिमा स्वास्थ्य मापदण्ड पालनागरी विद्यालय सञ्चालन गर्न सकिने निणर्य भएको हो । मिक्स लकडाउन भएका क्षेत्रमा ५० प्रतिशत शिक्षक तथा विद्यार्थीहरुको उपस्थितिमा गृहकार्य दिने र संकलन गर्ने गरी विद्यालय सञ्चालन गर्न मिल्ने तथा अन्य क्षेत्रमा पनि आवश्यकता अनुसार विद्यालय सञ्चालन गर्न सकिने हाम्रो अभिभावकहरु सँग छलफल भएको छ ।

विद्यार्थीहरुमा कोरोना जाखिम कत्तिको रहेको छ ?

खरेलः अहिले विशेष गरी कोरोनाले प्रभाव शैक्षिक क्षेत्रमा पारेको छ । शिक्षक, विद्यार्थीहरु कोरोनाको उच्च जाखिममा रहेका छन् । विद्यालय अहिले खोल्ने बित्तिकै गाह्रो सबैलाई हुन्छ, अझै कोरोनाको जाखिम हराएको छैन् । तर पनि हामी उच्च सर्तकता अपनाएर अगाडि बढ्नेछौं । कोरोनाका कारण कति परिक्षाहरु समयमै हुन सकेनन् । कतिपय विद्यार्थीहरुले कोरोना संक्रमित भएर परिक्षा दिन सकेनन् । अहिले पनि कतिपय शिक्षकरुले कोरोनाको खोप लगाइुसकेका छैनन् । अझै पनि विद्यार्थीहरुले पुणर् रुपमा खोप लगाउन पाएका छैनन् । १८ बर्ष भन्दा मुनिका बालबालिकाका लागि खोप आएकै छन् । बिना खोपको जोखिम झन् गाह्रो हुन्छ । विद्यार्थी तथा शिक्षक दुवैका कोरोनाको जोखम उच्च छ भन्ने मलाई लाग्छ ।

विद्यालय खोल्ने कुरामा आलोचना र समर्थन दुवै आइरहेको छ, यसलाई कसरी लिनु भएको छ ?

खरेलः हरेक कुरा गर्दा आलोचना आउनु स्वभाविक हो, हाल अझै कोरोनाको जोखिम कायम नै रहेको छ । म पनि विद्यालय खोल्न हुदैन् भन्ने पक्षतिर छु । अब स्वास्थ्य भन्दा ठुलो धन अरु के नै छ र भन्ने कुराहरु पनि आइरहेका हुन्छन्, कोहि विद्यालय खोल्ने पक्षमा छन् भने कोहि वैकल्पिक माध्यमबाट नै अगाडि बढ्ढौ भन्ने तिर छन् । हामीले हाम्रो आफ्नै एकल निणर्यले मात्र विद्यालय खोल्न थालेका होइनौं । हामीले पुणर् रुपमा सिसिएमसीको निणर्यलाई पालना गरेर अगाडि बढेका हौं । हामीले जिल्लास्तरीय कोभिड-१९ संकट व्यवस्थापन समितिको बैठक गरेर उक्त बैठकले स्थानीय तहले निगरानी गर्नेगरी विद्यालय र अभिभावकको सहमतिमा विद्यालयहरुले खोल्न सक्ने निणर्य गरेका हौं । विद्यालय खोल्नु पर्ने कुरा एक तर्फबाट हेर्दा पनि ठिक हो, त्यसैले समर्थन पनि आइरहेको छ । अब विद्यालय खोल्दा कोरोनाको उच्च जाखिम पनि रहेको छ । त्यसैले यस विषयमा आलोचना पनि भइरहेको छ । अब हामील सबै कुरालाई समेटेर उच्च सर्तकता अपनाउँदै अगाडि बढ्छौं ।

स्थानीय तहको निगरानीमा विद्यालय संचालन गर्ने भन्नु भएको छ, यो कसरी हुन्छ ?

खरेलः अहिले शिक्षा क्षेत्रको जिम्मेवारी सबै स्थानीय सरकारलाई दिइएको छ । आफ्नो स्थानीय तहको विद्यालयमा शैक्षिक गतिविधि कसरी अगाडि बढाउने भन्ने विषयको जिम्मेवारी सबै स्थानीय सरकारलाई दिएको हो । अव विद्यालय संचालन भएपछि सुरक्षाको मापदण्ड अपनाउनु सबैभन्दा जरुरी हुन्छ । विद्यालयहरु संचालन भएपछि कुन कुन विद्यालयमा के भइराछ, कसरी अगाडि बढिराछ भन्ने कुराको अनुगमन स्थानीय सरकारले गर्छ । कुनै एक विद्यालयमा केहि लापरबाही भयो भने शिक्षक र विद्यार्थी उच्च जोखिममा रहन्छन् । त्यसैले यस्तो अवस्था सिर्जना हुन् नदिन स्थानीय सरकारको निगरानी हुनु धेरै जरुरी छ र अब हामी स्थानीय सरकारको निगरानीमा शैक्षिक क्षेत्रमा अगाडि बढ्छौं ।

प्रतिक्रिया

थाहा सन्देश


सूचना विभाग दर्ता नंः ***/***-***
सम्पर्क : 057527299
thahanews@gmail.com

विज्ञापनका लागि सम्पर्क


+977-9855067589
राजन दाहाल
+977-9845614354
अमृत चिमरिया

टीम


प्रकाशक
राजन दाहाल - 9855067589
सम्पादक
सुशिला अधिकारी
प्रबन्ध निर्देशक
बिनाेद राय - 9855065789
कार्यालय व्यवस्थापक
रविना खड्का

Copyright © 2023 Thaha Sandesh. All Rights Reserved. Website by Abritti Media