
कोरोना भाइरसका कारण नियमित पठनपाठन अबरुद्ध रहेको छ । कोरोना महामारीका कारण लागुगरिएको लकडाउनका माझ लाखौँ विद्यार्थी अहिले घरमै रहेका छन् । हेटौडा उपमहानगरपालिकामा ७७ सामुदायिक विद्यालय र ४६ वटा निजि विद्यालय गरी जम्मा १ सय ४६ विद्यालय रहेका छन् । कोरोना भाइरसका कारण भौतिक उपस्थितीमा पढाई हुन सकेको छैन् । अहिले उपमहानगरपालिका भित्रका सामुदायिक विद्यालय तथा निजी विद्यालयका करिब ६० प्रतिशत विद्यार्थीहरु भर्चुअल माध्यमबाट पढिरहेका छन् । एसईईको नतिजा पछि अहिले हेटौंडाका कक्षा ११ र १२ पढाई हुने सामुदायिक विद्यालयहरुले भर्ना खोलिरहेको छ । कोरोनाको कारण देखिएको शैक्षिक अन्यौलताको विषयमा थाहा सन्देश दैनिककी संवाददाता जेनिशा घिमिरेले हेंटौंडाका सामुदायिक विद्यालयका प्रार्चायहरुसँग गरको कुराकानी :
८५ प्रतिशत विद्यार्थीलाई भर्चुअलमा जोडेका छौं
आधुनिक राष्ट्रिय मावि, प्राचार्य विरवंश वैठा
हेटौंडामा रहेको आधुनिक राष्ट्रिय माविका प्राचार्य विरवंश वैठाले सम्रगमा अहिले विद्यालयमा पढाईको अवस्था ठिकै रहेको बताए । सम्रगमा विद्यालयमा ८५ प्रतिशत विद्यार्थीलाई भर्चुअल माध्यममा जोड्न सकेको उनी बताउँछन् । अघिल्लो बर्ष कक्षा १ देखी ५ सम्म अभिभावक बोलाएर गृहकार्य पठाउने, कक्षा ६ देखी १२ सम्म भर्चुअल, रेडियोहरुको माध्यमबाट पठनपाठन गरेको उनले बताए । यो बर्ष कक्षा नर्सरी देखी १२ सम्मनै भर्चुअल माध्यमबाटनै पढाई भइरहेको छ । ‘अहिले हामीले कक्षा ८ र १० को राष्ट्रिय स्तरका टेलिभिजनबाट पनि पठनपाठन संचालन गरेका छौं,हामी यहाबाट पढाएर भिडियो बनाएर पठाउछौ अनि त्यहाँबाट प्रशारण हुन्छ’ प्राचार्य बैठाले भने ।
आधुनिक राष्ट्रिय माविमा ३ सय ७५ जनाले एसईई दिएका थिए । त्यस्तै कक्षा ११ को नयाँ भर्ना पनि सुरुवात गरेको छ । अहिले सम्म १५ जना विद्याथीहरु भर्ना भएका र भर्नाको क्रम जारी रहेको प्राचार्यले बताए । ‘कक्षा ११ को विद्यार्थी भर्ना अभियान जारी राखेका छौं, अब भौतिक उपस्थितीमा कक्षा संचालन गर्न सम्भव छैन्, त्यसैल भदौको दोस्रो साताबाट हामी भर्चुअल माध्यमबाट कक्षा संचालन गर्ने छौं ।’ उनले बताए ।
‘एकदमै निराशाजनक स्थिती छ’
वंशगोपाल मावि, प्राचार्य रमेश लामिछाने
कोरोना भाइरसका कारण विद्यालयको पठनपाठन स्थिती एकदमै निराशाजनक रहेको हेटौंडाका वंशगोपाल माविका प्राचार्य रमेश लामिछाने बताउँछन् ।उनी भन्छन्, ‘कोभिड-१९ को कारणले विद्यालयहरू बन्द भएर कक्षाहरू इन्टरनेट मार्फत अनलाइन सञ्चालन भएको अवस्थामा गुणस्तरीय इन्टरनेटको सुविधा नभएका वा इन्टरनेटमा पहुँच नै नभएका अत्यन्तै गरिब, वञ्चितिकरणमा परेका र ग्रामीण बालबालिकाहरुलाई अत्यन्तै असुविधा भएको छ । जसले गर्दा ३० देखी ४० प्रतिशत विद्यार्थीमात्र समेट्न सकिएको छ । अनलाईन पढाई प्रभावकारी छैन ।’
विद्यार्थीलाई भर्चुअल माध्यममा समेट्न खोज्दा अभिभावक आफैं ‘स्वास्थ्य भए शिक्षा लिउँला हतार नगर्नुस, पछि गरौंला, हाम्रा छोरा छोरी पछि पढ्छन’ भनेर उल्टै नबुझ्ने किसिमका कुरा गर्ने उनले गुनासो गरे । ‘हाम्रा कक्षा १० बाट एसईई दिएका ५५ जना थिए ति कता छन् सम्पर्कमा आउँन पनि खोज्दैन्, अभिभावकलाई भनियो भने वास्ता गर्नुहुन्न’ उनले वास्तविकता बताउँदै भने । लामिछाने भन्छनॅ कक्षा ११ को भर्ना अभियान चलिरहेको छ, २० जना भर्ना पनि भएका छन् तर कतिपय विद्यार्थीलाई यहाँ पढ्नै मन छैन्, अभिभावक लगायत यहाँको समुदायले पनि वेवास्ता गरिरहेका छन्, नजिकको तिर्थ हेला भनेको जस्तै वंशगोपाल माविमा विद्यार्थीका अभिभावकहरु आफैंमा अब्बल हुनुहुन्न । यहाँको समुदाय नै सकरात्मक छैनन् यहि भएर वंशगोपाल माविमा हाल शैक्षिक गतिविधि निराशाजनक छ ।’
‘अन्यौलता विच भर्चुअल सहभागिता बढायौं ’
सिद्धार्थ मावि, प्राचार्य मोहन प्रसाद शर्मा
कोरोना कहरको सुरुवाती समयमा अब शिक्षा क्षेत्रलाई कसरी अगाडी बढाउने भन्ने अन्यौल रहेको थियो । हाल वैकल्पिक विधिबाट पठनपाठन अगाडि बढिरहेको छ । यस अघि ५ देखि १० प्रतिशत विद्यार्थी मात्र भर्चुअल माध्यममा जोडिने गर्थे भने अहिले ४० देखी ५० प्रतिशत विद्यार्थी भर्चुअल माध्यमबाट अध्यापन गरिरहेका छन् ।
भर्चुअल माध्यमबाट पढाई हँुदा कक्षा ९ देखी १० सम्म ४० देखी ४५ प्रतिशत विद्यार्थी समावेश हुन्थे भने हामीले अनलाइन परीक्षा लिँदा ९० प्रतिशत विद्यार्थी जाडिएका छन् । माथिल्लो कक्षामा सचेत कम भएर र तल्लो कक्षामा मोबाइल नहुने अन्य विविध कारणले गर्दा विद्यार्थीहरु जाडिएका छैनन् । सम्रगमा हेर्दा अनलाइन प्रभावकारी छ तर सबै विद्यार्थीलाई समेट्न नसक्दा अलि केहि नराम्रो पनि लागेको छ । हामीले सबै कक्षाका आन्तरीक परीक्षाहरु पनि संचालन गयौ ७० प्रतिशत विद्यार्थी समावेश भएका थिए । ’
शर्मा भन्छन् ‘हाम्रो विद्यालयबाट १ सय ३८ जनाले एसईई दिएका थिए र हाम्रो कक्षा ११ मा विद्यार्थी भर्ना अभियान जारी रहेको उनले बताए । अब भाद्र १७ गतेबाट भर्चुअल माध्यमबाट पढाई सुरु गरिने शर्माले बताए । अहिले सिद्धार्थ माविमा ६० जना विद्यार्थी भर्ना गरिसकेका छन् ।
भर्चुअल पढाई अवसरको रुपमा लिएका छौं
भुटनदेवी मावि, प्राचार्य माधव प्रसाद दहाल
कोरोनाले समय परिवेश अनुसार शिक्षकले आफुलाई अद्यावधिक गरी शिक्षण सिकाईका वैकल्पिक विधि र प्रविधिहरुको खोजी गर्न सिकाएको भुटनदेवी माविका प्राचार्य माधव प्रसाद दाहालले बताए ।
‘परम्परावादी सिकाइ प्रणालीलाई निरुत्साहित गरी आधुनिक प्रविधियुक्त सिकाइमा अपडेट हुने एउटा राम्रो अवसर प्राप्त हरेक विद्यालयका शिक्षक शिक्षिकाहरुलाई प्राप्त भएको छ । कक्षा ६ देखी १२ सम्म अहिले भर्चुअल माध्यमबाट पढाई भईरहेको छ । त्यस्तै कक्षा १ देखी सम्म वर्कसिप दिने कार्य भइरहेको छ । सम्रगमा ६५ प्रतिशत विद्यार्थीलाई भर्चुअल माध्यममा जोडिएका छन् । कक्षा १० बाट एसईई दिएका १ सय ९१ जना मध्ये हामीले कक्षा ११ मा ५०देखि ६० प्रतिशत विद्यार्थी जोड्न सक्छौ भन्ने आलङ्कन गरेका छौं । त्यस्तै कक्षा ११ को कक्षा भदौको तेस्रो साताबाट संचालन गरिने योजना छ ।
‘दंसै अगाडी परीक्षाकोे तयारी साथ पढाई ’
प्रगति मावि : सह-प्राचार्य किशोर पराजुली
‘अहिले विद्यालयहरुमा वैकल्पिक माध्यम बाहेक अरु कुनैपनि भौतिक उपस्थितीमा पढाइ हुन नसक्ने र कोहि विद्यालय सुचारु भए संक्रमण रोग ऐन २०२० अनुसार कारबाही हुने नेपाल सरकारले तोकेको छ । ’ कक्षा ७ देखी १० सम्म ६० प्रतिशत विद्यार्थी र तल्लो कक्षामा ५० प्रतिशत भर्चुअल माध्यममा समेटिएको छ । अहिले विद्यालयमा एकाई परीक्षाहरु अनलाइनको माध्यमबाट लिने तयारी भएको छ, अब विद्यार्थीहरुलाई हामीले दशैं अगाडी परीक्षा गर्छौं त्यही अनुरुप तयार हुन भनेका छौं । त्यस्तै हाम्रो विद्यालयमा एसईई १ सय ३६ जनाले दिएका थिए । सबै कक्षा ११ पढ्न पाउने गरी उतीणर् भएका छन्, हामीले कक्षा ११ को भर्ना अभियान पनि संचालन गरेका छांै, अब अनलाइनबाटै भदौको दोस्रो साताबाट हामी कक्षा ११ को कक्षा सुरुवात गछौं, । ’
प्रतिक्रिया