खर्च प्रणालीलाई सुधारे बेरुजु


थाहा सन्देश
७ भाद्र २०७८, सोमबार ०६:०४


पर्यटकीय क्षेत्रको रुपमा चिनिएको थाहा नगरपालिका देशमै उत्कृष्ट स्थानीय तहहरु मध्येमा पर्ने गर्दछन् । मकवानपुरका १० वटा स्थानीय तहमध्ये थाहा नगरपालिका जिल्लामा निरन्तर तेस्रो चोटी प्रथम भएको छ । जिल्ला समन्वय समिति मकवानपुरले निरन्तर तीन बर्ष उत्कृष्ट स्थानीय तहको पगरी दिएर सम्मान गरिरहेको थाहानगरपालिका महालेखा नियन्त्रक कार्यालयले सार्बजनिक गरेको बेरुजु सबैभन्दा कम देखिएको छ । थाहा नगरपालिकाको ०.४८ प्रतिशत मात्रै रकम बेरुजु देखिएको छ । यसै क्रममा थाहा नगरपालिकाका मेयर लवशेर बिष्टसँग थाहा सन्देश दैनिकको संवाददाता जेनिशा घिमिरेले गरेको कुराकानीः

  1.    अन्य स्थानीय तहको बेरुजु धेरै देखिँदा थाहा नगरको कसरी यति कम आयो ? थाहा नगर कसरी सँधै अगाडी हुन्छ ?
    विष्ट : हामी जबनिवार्चित भएर आयौं त्यसपछि आफ्नो काममा राम्रो सँग अगाडी बढेका छौं । निर्वाचित भएर आएपछि स्थानीय तहको धेरै सुचाकांकहरु रहेको हुन्छ, मापदण्ड अनुसार अगाडी बढ्र्यौ भने त्यस्तो सुचकांकहरु भेट्न सक्छौं । थाहा नगर बन्नु अगाडी यहाँ रहेका विभिन्न गाविसहरुको बेरुजु हेर्‍यौं, ति सबै बेरुजुहरुको अध्ययन गर्‍यौं, सबै तहको बेरुजुको अध्ययन गरेपछि हामीले त्यसलाई विशेष ध्यान र चासोमा राख्यौं, सोहि अनुसार काम गर्दा बेरुजु कम भएको हो । हाम्रो नगरपालिकामा काम गर्ने लेखा शाखाका कर्मचारीहरुलाई कुनै पनि दबाब नदिएर स्वतन्त्र रुपले काम गर्न दिने गर्नुपर्छ उहाँहरुलाई कानुन बाहेक अगाडी नबढ्नु भनेर हामीले बिशेष छलफल पनि गरिहेका हुन्छौं, त्यही अनुरुप थाहा नगरपालिकाको बेरुजु करिब शुन्य छ र सँधै अगाडी छ ।
  2. बेरुजु कम गर्न के गनुपर्ने रहेछ ?
    विष्ट : महालेखाबाट लेखापरीक्षण गर्न आएपछि जनप्रतिनिधिहरु उपस्थिती हुनु जरुरी छ । सबै शाखाका प्रमुखहरु र बिशेष गरेर गाउँपालिका, नगरपालिका तथा कार्यालयका मानिसहरु उपस्थित हुने कुनमा कति बेरुजु आयो कसरी आयो,हामीले काम गर्दा कता गल्ति गर्‍यौं, भन्ने कुराहरुको जानकारी लिनुपर्छ, त्यसैगरी त्यसको अध्ययन गरी हामीले ३५ दिन भित्र त्यस्तो कुराहरु सुर्धान सक्छौं । आर्थिक वर्ष २०७४⁄ ०७५ मा हाम्रो बेरुजु निल भइसकेको छ, ०७५⁄०७६ मा १२ लाख ५७ हजार ०७७र ०७८ मा ८६ लाख बेरुजु छ । हालसम्म सबै थाहानगर भरीमा बेरुजु करोड भन्दा मुनी छ । हामीले अब असुल गर्नुपर्ने बेरुजु १ रुपैयाँ पनि छैन् । कोरोनाका कारण ठेक्का पट्टाको कामहरु बाँकि रहेकाले हाल ०.४८ प्रतिशत मात्रै रकम बेरुजु देखिएको छ । बिशेष गरी खर्च प्रणालीलाई ध्यान दिन सकेमा बेरुजु कम हुदै जान्छ ।
  3. निर्वाचित भएको चौंथो वर्षको बजेट आईसकेको छ, यस नगरपालिकाले गरेका नमुना कामहरु के के हुन ?
    विष्ट : विशेषत नगरपालिका भए पनि हाम्रो नगरपालिकामा धेरै कृषि क्षेत्रमा संग्लन नागरिकहरु बसोबास गर्छन् । हामीले गुणस्तरीय सडकको निमाणर् गरेका छौं, हिजो सडक राम्रो नभएर जनताको कृषि उत्पादन रोड सम्म पनि आउन सक्दैन थियो भने अब त्यस्तो समस्या हटेको छ । तरकारी र आलु उत्पादनको क्षेत्र भएकोले किसानहरुको सबैभन्दा ठुलो आवश्यकता कोल्ड स्टोर थियो, त्यो हामी निमाणर् सम्पन्न गर्ने तह सम्म पुगेका छौं, आउँदो जेठसम्म सकिनेछ, त्यस्तै हामीले मोटरएबल पुल २ वटा बनाईरहेका छौं । त्यस्तै एउटा झोलुङ्गे पुल निमाणर्धिन र अर्को निमाणर् हुने क्रममा रहेको छ । त्यस्तै थाहानगरभरीका बस राख्न मिल्नेगरी एउटा व्यवस्थित बस पार्क निमाणर् हुने छ । त्यस्तै थाहा पार्क संचालन भएको छ । व्यवस्थित खानेपानिका लागि यस बर्ष २६ करोडको कार्यक्रम अघि बढेको छ । हामीले थुप्रै काम गरेका छौं । काम गर्न सक्ने, देखेका, भ्याएका कामहरु गरेका छौं ।
  4. पहिलो चोटी स्थानीय तहको नेतृत्व गर्नुभयो, स्थानीय तह सञ्चालन गर्दा कस्ता चुनौतीहरु सामना गर्दै हुनुहुन्छ ?
    विष्ट : म मात्रै होईन, अधिकांश स्थानीय तहको नेतृत्व नयाँ मान्छेले गरेका छन् । स्थानीय तहको प्रमुख भईसके पछि चुनौतीका चाङ नै देखेँ । जनतामा स्थानीय सरकार प्रति धेरै ठुलो अपेक्षा रहेको हुन्छ, त्यस्तो अपेक्षा पुरा गर्न धेरै ठुला रकमहरु चाहिन्छ, हाम्रो नगरपालिकाको आय स्रोत कम छ, जनताको अपेक्षा पुरा गर्न हामिलाई निकै ठुलो चुनौती परेको छ । जनतामा विश्वास दिलाउने चुनौती पनि त्यस्तै छ । जनताले जनप्रतिनिधिले केहि ठाउँको लागि मात्रै बजेट हाल्यो, विकास नभएको ठाउँमा बजेट कम हाल्ने भन्दै गुनासो छ । तर उहाँहरुको सोचाईमा परिवर्तन ल्याउनु पनि चुनौती छ । किनभने हामी सबै ठाउँमा पुगेका हुन्छौं, हेरेका हुन्छौं, सुनेका हुन्छौं, बुझेका हुन्छौ तर हामीसँग पर्याप्त बजेट नभएकाले हामीले सबै ठाउँको उचित विकास गर्न नसक्नु नै हाम्रो चुनौती बनेको छ ।
  5. यो आर्थिक बर्षमा कस्ता योजनाहरु रहेको छ ?
    विष्टः हाम्रो अन्तिम कार्यकाल भएकाले हामीले छुट्टै नयाँ किसिमको योजना कुनै बनाएका छैनौं, जुन जुन योजना सम्पन्न गर्न बाँकि थियो त्यही कामलाई निरन्तरता दिने र सम्पन्न हुन नसकेका योजनाहरुलाई यो बर्ष भरीमा सकाउने योजना हाम्रो रहेको छ ।
    लगातार मकवानपुरमा उत्कृष्ट बनेको थाहा नगरबाट अरु स्थानीय तहले के सिक्न सक्छन्?
    विष्टः हामीले खरिद ऐन, हरेक किसिमको विकास ऐन देखि आर्थिक क्रियाकलाप गरिहेका हुन्छौं । नीतिगत रुपमा कर्मचारीहरुलाई कहिल्यै दबाब दिनु हुँदैन् कर्मचारीहरुलाई स्वतन्त्र रुपले कार्य गर्न दिनुपर्छ,तर कानुन भन्दा बाहिर गएर ठुला निणर्य गर्नु हुँदैन । हामीले पाएका कानुन, अधिकार र नीतिगत कुराहरुलाई हेरेर अगाडि बढ्नुपर्छ अनि सबै पालिकाहरु बढ्छ भन्ने मलाई लाग्छ ।

प्रतिक्रिया

थाहा सन्देश


सूचना विभाग दर्ता नंः ***/***-***
सम्पर्क : 057527299
thahanews@gmail.com

विज्ञापनका लागि सम्पर्क


+977-9855067589
राजन दाहाल
+977-9845614354
अमृत चिमरिया

टीम


प्रकाशक
राजन दाहाल - 9855067589
सम्पादक
सुशिला अधिकारी
प्रबन्ध निर्देशक
बिनाेद राय - 9855065789
कार्यालय व्यवस्थापक
रविना खड्का

Copyright © 2023 Thaha Sandesh. All Rights Reserved. Website by Abritti Media