नेपाल सिधै एसयिन कप छनोटको तेस्रो चरणमा


थाहा सन्देश
२ असार २०७८, बुधबार ०८:३३


एसियाली फुटबल महासंघ (एएफसी) ले छनोट प्रक्रियामा परिमार्जन गरेसँगै नेपालले एएफसी एसियन कप छनोटको तेस्रो चरणमा स्थान बनाएको छ । एएफसीको नयाँ प्रक्रियाअनुसार नेपालले प्लेअफ खेल्न नपर्ने भएको हो ।

एएफसीका अनुसार एसियन कप आयोजना गर्ने चीन, विश्वकपको आयोजक तथा एसियन कपको साविक विजेता कतारले विश्वकप छनोट तथा एसियन कपमा स्थान बनाएपछि समूहको चौथो स्थानमा रहने टोलीले पनि सिधै तेस्रो चरणमा स्थान बनाउने भएको हो । यस नियमसँगै दोस्रो स्थान हासिल गर्नेमध्य पुछारका तीन टोली तथा तेस्रो र चौथो स्थान हासिल गर्ने ८-८ टोलीले एसियन कप छनोटको तेस्रो चरणमा स्थान बनाए ।

एएफसीले पाँचौ स्थान हासिल गर्ने शीर्ष तीन टोलीले पनि तेस्रो चरणमा स्थान बनाएको जनाएको छ । अब पाँचौ स्थान हासिल गर्ने पुछारका चार टोलीले मात्र प्लेअफ खेल्नुपर्ने भएको छ । अब इन्डोनेसिया, कम्बोडिया, चाइनिज ताइपेइ र गुआमले मात्र प्लेअफ खेल्नेछन् । प्लेअफका विजयी दुई टोलीले एसियन कप छनोटको तेस्रो चरणमा स्थान पक्का गर्नेछन् ।

यसअघि नेपाल समूह बी मा चौथो स्थानमा रहँदै प्लेअफ खेल्न पर्ने समीकरण रहेको थियो । तर अब एएफसीको परिमार्जनसँगै माल्दिभ्स, हङकङ र श्रीलंकाले पनि चौथो स्थान नै थाइल्याण्ड, सिंगापुर, मंगोलिया र अफगानिस्तानसँग तेस्रो चरणमा अघि बढ्न सफल रहे ।

त्यस्तै समूहको पुछारमा रहेका यमन, बंगलादेश र म्यानमार पनि सिधै तेस्रो चरणमा पुगेका छन् । उत्तर कोरियाले छनोट प्रक्रियाबाट नै नाम फिर्ता लिएपछि समिकरणमा परिवर्तन भएको हो ।

विश्वकप तथा एसियन कप छनोट समापन भएसँगै एसियाबाट विश्वकप छनोट खेल्ने, एसियन कपमा छनोट हुने र एसियन कप छनोटको तेस्रो चरण खेल्ने टोलीको टुंगो पनि लागेको छ । सबै समूहका विजेतासँगै दोस्रो स्थान हासिल गर्ने शीर्ष ५ टोलीले विश्वकप छनोटको अन्तिम चरण तथा एसियन कपमा सिधा छनोट हुने प्रावधान रहेको थियो । यसै अनुसार जापान, सिरिया, कतार, दक्षिण कोरिया, अष्ट्रेलिया, इरान, यूएई, साउदी अरेबिया, इराक, ओमान, भिएतनाम, लेबनान र चीन एसियन कपका लागि सिधै छनोट हुँदै विश्वकपमा स्थान बनाउन प्रयासरत छन् ।

दोस्रो स्थानमा रहेर पनि शीर्ष टोली बन्न नसकेका टोलीले पनि सिधै एसियन कप छनोटको तेस्रो चरण खेल्नेछन् । त्यसमा ताजिकिस्तान, उज्बेकिस्तान, किर्गिस्तान, कुवेत तथा तेस्रो स्थानमा रहेका जोर्डन, बहराइन, प्यालेस्टाइन, भारत, थाइल्याण्ड, फिलिपिन्स, तुर्कमेनिस्तान, अफगानिस्तान, मलेसिया, सिंगापुर र मंगोलिया छन् ।

स्रोतः एजेन्सि

प्रतिक्रिया

थाहा सन्देश


सूचना विभाग दर्ता नंः ***/***-***
सम्पर्क : 057527299
thahanews@gmail.com

विज्ञापनका लागि सम्पर्क


+977-9855067589
राजन दाहाल
+977-9845614354
अमृत चिमरिया

टीम


प्रकाशक
राजन दाहाल - 9855067589
सम्पादक
सुशिला अधिकारी
प्रबन्ध निर्देशक
बिनाेद राय - 9855065789
कार्यालय व्यवस्थापक
रविना खड्का

Copyright © 2023 Thaha Sandesh. All Rights Reserved. Website by Abritti Media